बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षौंपछि सार्वजनिक भइन् सलमान खानकी पूर्व प्रेमिका सोमी अलीः भनिन्, ‘विवाह गर्न चाहन्थेँ तर...’

सोमबार, २६ माघ २०७७, १५ : ०९
सोमबार, २६ माघ २०७७

सलमान खानकी पूर्व प्रेमिका अचानक चर्चामा आएकी छिन् । ९० को दशकमा सोमी अलीसँग सलमान खानको नाम असाध्ये जोडिएको थियो र दुबैको अफेयरको चर्चा पनि चारैतिर थियो । अब वर्षौंपछि सोमी अली सार्वजनिक भएकी छिन् र आफ्नो सम्बन्ध र करियरको विषयमा कुराकानी गरेकी छिन् । 

सोमी अलीका अनुसार सन् १९९१ मा सलमान खानसँग विवाह गर्न उनी भारत पुगेकी थिइन् । भारत पुगेको एकवर्ष पछि नै उनको भेट सलमान खानसँग भयो र त्यसपछि उनीहरुले एक–अर्कालाई डेट गर्न थाले । दुबैको ब्रेकअप सन् १९९९ मा भयो र त्यसपछि सोमी पढ्नका लागि अमेरिका फिर्ता भइन् । उनी पहिलो पटक भारत आउँदा उनको उमेर १६ वर्ष थियो । 

टाइम्स फ इन्डियालाई दिएको अन्तरवर्तामा सोमी अलीले सलमानसँगको भेट र आफ्नो फिल्मी करियरबारे बिस्तारमा बताइन् । उनका अनुसार मुम्बईमा ाएपछि उनले पोर्टफोलियो सुट गराइन् । उनी एक प्रोडक्सन हाउसमा पुगिन् तर अचम्म के भइदियो भने सलमान खान पनि त्यहाँ केही साथीहरुलाई भेट्न पुगेका रहेछन्  । पछि उनलाई बोलाइयो । जुन फिल्म (बुलन्द) मा उनलाई कास्ट गरियो, त्यो रिलिज हुन पाएन तर त्यसको कारणले उनले थुप्रै फिल्म पाइन् । 

सोमी अलीले भनिन्, ‘निर्देशकहरु मसँग डराउँथे, म रिहर्सलका लागि जाँदैनथेँ । मेरो जीवनशैली भिन्न थियो । म यहाँ फिल्ममा करियर बनाउन आएकी थिइनँ, म त सलमान खानसँग विवाह गर्न चाहन्थेँ ।’

४० वर्षसम्म पनि किन अविवाहित हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘मैले सामाजिक कार्यका लागि आफ्नै संस्था खोलेकी छु र म मेरो संस्थासँगै सफल वैवाहिक जीवनमा छु । जब तपाईं प्रेमलाई खोज्नुहुन्छ तब त्यो तपाईं भएठाउँ आउँदैन । अब मलाई सन्तान जन्माउन पनि चाहना छैन । तर जब भारतमा थिएँ तब मलाई विवाह गर्ने चाहना थियो र म पाँच सन्तान जन्माउन चाहन्थेँ तर अहिले ४० वर्षकी पुगेँ, अहिले चाहना छैन । यदि कोही व्यक्तिसँग तपाईंको विचार, धारणा मिल्दोजुल्दो छ र माया पनि गर्छ भने म पक्कै पनि यसका लागि सकारात्मक छु तर मैले अहिलेसम्म पनि त्यस्तो व्यक्ति भेटेकी छैन ।’
  
उनका अनुसार सन् १९९९ मा सलमान खानसँगको सम्बन्ध समाप्त भएपछि उनले मियामीमा आफ्नो होमटाउन जाने निर्णय लिइन् । उनका अनुसार मुम्बईमा हुँदा उनको भेट सैफ अली खान र चंकी पाण्डेजस्ता कलाकारसँग भएको र उनीहरुसँग काम गरेको उनले बताएकी छिन् । 

सोमीले वर्षौंदेखि सलमान खानसँग कुरा नगरेको बताएकी छिन् । उनले भनिन्, ‘मैले थुप्रै वर्षदेखि सलमान खानसँग कुनै कुराकानी गरेकी छैन । थुप्रै पटक त मानिसहरु तपाईंको जीवनमा आउँछन् । के गर्नुपर्छ, के गर्नुहुन्नँ भन्ने कुरा तपाईंले उहाँहरुबाट केही कुरा सिक्न पाउनुहुन्छ । र एक समय यस्तो पनि आउँछ जब तपाईं जीवनमा अघि बढ्न चाहनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप