बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरमा यी कुराले ल्याउँछ वास्तु दोष, नगर्नुहोस् यस्ता गल्ती

सोमबार, २६ माघ २०७७, १४ : २७
सोमबार, २६ माघ २०७७

वास्तुशास्त्रलाई असाध्यै मान्यता दिइन्छ । धेरै मानिसहरु आजकाल वास्तुशास्त्रमा विश्वास गर्न थालेका पनि छन् । हुन त यसमा कुनै वैज्ञानिक आधार त छैन तर मानिसहरुको यसप्रतिको विश्वास निकै बढेको छ । वास्तुशास्त्रले घरमा कस्ता सामान राख्ने, कस्ता नराख्ने, के ले वास्तु दोष निम्त्याउँछ र यसले कस्ता समस्या निम्त्याउँछ भन्ने जानकारी दिन्छ । आउनुहोस्, आज यसै सम्बन्धि केही जानकारी लिऔं । 

घरमा यी कुराहरुलाई ध्यान दिनुहोस्ः

घरका भित्ताहरु चर्किएका छन् भने यसले घरका सदस्यमा रोग निम्त्याउँछ । चर्किनुका साथै यदि प्लास्टर वा रङ खराब भएका छन् भने पनि यस्तै हुन्छ । यस्तोमा भित्तालाई सधैं ठिक अवस्थामा राख्नुहोस् । 

यदि तपाईंले भान्सा कोठामा पूजा घर बनाउनुभएको छ भने यो राम्रो मानिँदैन । यसो गर्दा घरका सदस्यबीच प्रेम कम हुन्छ । साथै धनको कमी पनि हुन थाल्छ । 

यदि घरमा माकुराको जालो बनेको छ भने यो यसले घरमा समस्या निम्त्याउँछ । 

यदि घरमा फुटेको सिसा छ भने त्यसलाई तत्काल घरबाट निकाल्नुहोस् । यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ । 

घरमा वा छतमा यदि काम नलाग्ने सामान जम्मा भएका छन् भने यसलाई घरबाट निकालिदिनुहोस् । साथै घरमा ओइलिएका फूल पनि नराख्नुहोस् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप