शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडक सञ्जालले नछोएको एक गाउँपालिका: कहिले पुग्ला सडक ?

बिहीबार, १९ असोज २०७४, ०८ : ३४
बिहीबार, १९ असोज २०७४

दार्चुला - जिल्लाको दक्षिणि क्षेत्रमा पर्ने लेकम गाउँपालिका अहिलेसम्म कुनै किसिमको सडक सञ्जालमा नजोडिएको गाउँपालिका हो । सडक समस्याका कारण यहाँका नागरिकले बिभिन्न काममा सास्ती भोग्दै आएका छन् ।

विकास निमार्णका कामहरुमा यस लेकम गाउँपालिका पछाडी परेको अवस्था छ । सडक यातायातको प्रतिक्षामा रहेका स्थानीयले गाउँपालिका लगायत सम्बन्धीत पक्षले सडक निमार्णमा जोड दिनुपर्ने माग गरेका छन् ।

यस गाउँपालीका जोड्ने ऐरिछाना धनथला क्षेत्रीय पर्यटन सडक निमार्ण कार्य सुरु भएको लामो समयसम्म पनि निर्माण कार्यको गतिमा तीव्रता नहुँदा सडकको पहुच पुग्न नसकेको हो । 

बिबादका कारण रोकिएको यो सडकखण्ड गाउँपालिकाको समन्वयमा अहिले सर्बे गरिएको छ । सर्मोली र खरकडा दुबै क्षेत्रका स्थानीयले आआफ्नो क्षेत्रबाट सडक जानुपर्ने माग राखेपछि काम प्रभाबित बनेको थियो । 

गाउँपालिकाको पहिलो अबिधेशनबाटै नीति तथा कार्यक्रममा सडक निमार्णलाइ प्राथमिकतामा राखेर २ करोड ३० लाख रुपैया बजेट बिनियोजन गरेको अध्यक्ष प्रमानन्द  जोशीले रातोपाटीलाई बताए । 

बजेटबाट एउटा सडक खन्ने मेसिन खरिद गर्ने र बाँकी रकमबाट सबै वडा कार्यालयमा यातायात पहुँच हुनेगरी गोकुलेश्वरदेखी उचाकोट, खरकडा हुँदै लालीसम्म जोड्ने सडक निमार्णको काम अगाडि बढाउने उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र प्रसाद जोशी
लोकेन्द्र प्रसाद जोशी

जोशी रातोपाटीका दार्चुला प्रतिनिधि हुन् । 

लेखकबाट थप