शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

श्री एयरलाइन्सले सुर्खेतमा थाल्यो परीक्षण उडान

सोमबार, २६ माघ २०७७, १३ : १३
सोमबार, २६ माघ २०७७

सुर्खेत । सोमबारदेखि निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत विमानस्थमा परीक्षण उडान सुरु गरेको छ । सोमबार बिहान एयरलाइन्सको ८० सिट क्षमताको क्युआर–८०० जहाजद्वारा उडान परीक्षण गरेको हो ।

बिहान १० बजेर ३५ मिनेटमा उक्त जहाज धावनमार्गमा अवतरण गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेश पन्थीले बताए । 
पाईलट डिएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो । अब नियमित उडान गर्दा कतिसम्म लोड बोक्न सकिन्छ भन्ने बारे एयरलाईन्सका प्राविधिकहरुले अध्ययन गर्ने पन्थीले बताए । 

उनका अनुसार २० देखि २२ डिग्रीसेल्सियस टेम्प्रेचरसम्म क्षमता अनुसारको लोड ल्याउन सकिन्छ भनेर पाइलटले जानकारी गराएका छन्  । 

श्री एअरलाईन्सका निर्देशक अनिल मानन्धरका अनुसार उक्त क्षमता भएका जहाज अवतरणका लागि रनवे उपयुक्त छ ।  नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने  उनले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप