एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै
![एकै परिवारका चारभन्दा बढी सन्तान सैनिक सेवामा हुनेलाई सम्मान गरिँदै](https://rpcdn.ratopati.com/media/albums/sainik_pcshT15D1o.jpg)
नेपाली सेनाले पश्चिम पृतना मातहतका जिल्लाका चारभन्दा बढी सन्तान सेनामा भर्ती हुने परिवारलाई सम्मान गर्दैछ । भूतपूर्व सैनिक सम्मेलनका अवसरमा आगामी बुधबार सेनाले उनीहरुलाई सम्मान गर्न लागेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
उक्त क्षेत्रमा एकै परिवारका चार जना सेनामा भर्ना हुने परिवार सङ्ख्या नौ छ भने पाँच सन्तान सैनिक सेवामा रहेको परिवार सङ्ख्या दुई छ । गोर्खा घैरुङ–५ का जनककुमार पुडासैनी र पोखराका पार्वती साखीका पाँच–पाँच सन्तती सैनिक सेवामा छन् । यसअघि सम्पन्न सम्मेलनमा पनि एकै परिवारका चारभन्दा बढी सैनिक सेवामा रहने १७ परिवारलाई सेनाले सम्मान गरिसकेको छ ।
सेनाको कल्याणकारी कोषबाट सुविधा प्राप्त गर्नुहुने उक्त क्षेत्रका १०१ वर्षीया एकल महिला गोरखा नगरपालिका–४ खड्गकुमारी ओली र बागलुङ नगरपालिका–९ का ९६ वर्षीय मनिराज थापा सबैभन्दा ज्येष्ठ हुन् । उक्त सम्मेलनमा सहभागी हुन छ हजार ४९४ ले नाम दर्ता गराइसकेको सेनाले जनाएको छ ।
गण्डकी प्रदेश मुलुककै सबैभन्दा बढी भूपू सैनिक रहेको क्षेत्र हो । पछिल्ला वर्षमा सेनाले प्रत्येक प्रधानसेनापतिको कार्यकालमा प्रदेशगतरूपमा एक पटक भूपू सैनिक सम्मेलन गर्दै आएको छ । सम्मेलनका क्रममा हिताधिकारीले दिएका रायसुझावका आधारमा सेनाले उनीहरुको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सीप र स्वारोजगार, सुविधा र सहुलियतका कार्यक्रमलाई सञ्चालन गर्दै आएको छ ।
मुलुकको पश्चिम क्षेत्र हुँदै अघि बढिरहेको भूपू सम्मेलन गत वर्षको फागुनमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै स्थगित भएकामा पुनः बुधबार पोखराबाट शुरु हुँदैछ । यस पटकको मुख्य शिविर पश्चिम पृतनामा हुनेछ भने हिताधिकारीको सुविधालाई ध्यानमा राखी मातहतका जिल्लामा सहायक शिविर सञ्चालन हुने प्रवक्ता पौडेलले जानकारी दिए ।
सम्मेलनका क्रममा हिताधिकारीको गुनासो सैनिक नेतृत्वले सुन्नेछ भने उनीहरुको स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिँदैछ । कोरोनाका कारण यस पटकको सम्मेलनमा हिताधिकारीको समावेशी प्रतिनिधिमूलक सहभागिता हुनेछ । हाल मुलुकभर भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका एकल महिलासमेतको सङ्ख्या ८५ हजारको हाराहारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा माघ महिनामा ९५ फरार अभियुक्त पक्राउ
-
जलनको उपचार प्रभावकारी र सहज बनाउने काम भइरहेको छ : स्वास्थ्यमन्त्री
-
लेबनानमा दुई नेपाली घाइते हुनेगरी भएको आक्रमणको घटनामा २५ जना पक्राउ
-
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
-
सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरू
-
नयाँ मूल्यसँगै कहाँ कति पर्छ पेट्रोलियम पदार्थको मूल्य ?