घरको वास्तुदोष हटाउन फिटकिरी, यसरी गर्नुहोस् प्रयोग
वास्तुको नियममा घरको विषयमा थुप्रै कुरा समावेश छन् । घरमा हरेक स–साना चिजको विषयमा वास्तुको महत्व अत्यधिक हुन्छछ । यदि घरमा कुनै प्रकारको वास्तु दोष छ भने घरमा नकारात्मक ऊर्जा प्रवाह हुन्छ । साथै घरको सुख–समृद्धिमा पनि बाधा आउँछ । यद्यपि, दैनिक हाम्रो घरमा प्रयोग हुने चिजलाई ठिक गरेर वास्तु दोषलाई हटाउन सकिन्छ । हामी सबैको घरमा फिटकिरीको प्रयोग कुनै नै कुनै बेला पक्कै भएको छ । तर के तपाईंलाई थाहा छ ? घरको वास्तु दोष हटाउनका लागि फिटकिरीको प्रयोग गरिन्छ ? यस्तोमा हामी तपाईंलाई यसैबारे जानकारी दिँदै छौं कि फिटकिरीमार्फत् घरको वास्तु दोषलाई कसरी कम गर्न सकिन्छ भनेर ।
फिटकिरीबाट यसरी हटाउनुहोस् वास्तु दोषः
यदि फिटकिरीलाई सही दिशा वा सही स्थानमा राख्ने हो भने यसले वास्तु दोष हटाउने काम गर्छ साथै आर्थिक समस्या पनि केही हदसम्म ठिक हुन्छ । यदि घरको झ्याल वा ढोका नजिकै तपाईं फिटकिरी राख्नुहुन्छ भने तपाईंको घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ ।
यदि तपाईंको घर वरिपरि भग्नावशेष भइसकेको घर छ भने तपाईं आफ्नो घरको ढोका नजिकै फिटकिरी पक्कै पनि राख्नुहोस्, यसले नकारात्मक ऊर्जा नष्ट हुन्छ । साथै, यदि घरको वरिपरी चिहान छ भने पनि फिटकिरीको प्रयोग गर्नुहोस् ।
साथै एउटा कचौरामा फिटकिरी राखेर बाथरुममा राख्नुहोस् । हरेक महिना यो परिवर्तन गर्नुहोस् । बाथरुमबाट पनि दूषित पदार्थ निस्कने भएकोले फिटकिरीले यहाँको ऊर्जा पनि शुद्ध गराउने मान्यता राखिन्छ ।
एउटा कालो कपडामा फिटकिरी बाँधेर राख्नुहोस् । यसलाई यसरी राख्नुहोस् कि घरमा आउने कुनै पनि व्यक्तिको नजर यसमाथि नपरोस् । यस्तो गर्दा घरमा कहिले पनि धनको कमी हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम