शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

शुक्रबार, २३ माघ २०७७, १३ : ३२
शुक्रबार, २३ माघ २०७७

बुटवल । प्युठान जिल्लामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दाङको भालुवाङबाट रोल्पाको सुलीचौरका लागि छुटेको रा१ज ८०९ नम्बरको स्कारपियो जिप शुक्रबार बिहान प्युठानको सरुमारानी गाउँपालिका–६ मोतीपुरमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानमा अनुसार दुर्घटनामा अर्घाखाँची शीतगंगा नगरपालिका–७ का ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाईते भएका छन् । घाइतेमध्ये चालक दशरत विश्वकर्मालाई उपचारका लागि बुटवल ल्याइएको छ भने अन्य ९ जना घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप