शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बामपन्थी एकता : आधा शताब्दीको उत्कृष्ट सफलता

बुधबार, १८ असोज २०७४, १६ : ५४
बुधबार, १८ असोज २०७४

नेपाली कम्युनिष्ट आन्दोलनको यात्रामा हिजो १७ असोज २०७४ नेपाली जनताको लागि वडा दशैंको उपहार सहितको महान उपलब्धिको दिन सावित भयो । अप्रत्याशित र अपत्यारियो यो महान कार्यको थालनी गर्ने माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड र एमाले अध्यक्ष कमरेड केपी ओली श्रमजिवि नेपाली मात्र हैन, विश्वकै श्रमजिवि नेताको अन्तराष्ट्रिय आकर्षण बन्न सफल हुनु भयो । 
  

 लगभग ३ वर्ष अघि माओवादीबाट अलग भै गठन भएको नयाँ शक्ति पार्टी, नेपालका संयोजक कमरेड डा.बावुराम भटट्राईले पनि वृहद ध्रुविकरणको यात्रामा अली ढिलो भए पनि आफुलाई सम्माहित गर्नु भएकोमा उहाँ कम्युनिष्ट आन्दोलनबाट अलग यात्रा गर्न लाग्नु भयो कि ? भन्ने थुप्रै आशंकाहरुलाई उहाँले वेलैमा चिर्न सफल हुनु भयो । नेपाली जनताले अलग, टुटफुट र विभाजनको शिकार भएका नेपाली कम्यूनिष्ट आन्दोलनलाई एकत्रित गर्ने यात्रा ७ बुँदे लिखित प्रतिवद्धता सार्वजनिक गर्ने नेता कमरेडहरु प्रति श्रमजिवि र उत्पिडित नेपाली जनताले ओझिलो लालसलामसँगै हृदयदेखि  धन्यवाद ज्ञापन गरिरहेका छन् । 
 

   हिजोको चुनावी तालमेल र पार्टी एकता प्रकृयाको थालनीले सम्भावना र सोहीस्तरको चुनौतिको सामाना पनि सँगै आएको छ । अबका दिनमा नेपाली कम्यूनिष्ट आन्दोलनले विविध चुनौति व्यहोर्नु पर्ने अवस्थाप्रति उत्तिकै सचेत हुन जरुरी छ । नेपाली कम्यूनिष्ट आन्दोलनमा विद्यमान संकीर्णता, विभाजन र एक अर्काप्रतिको कठोर निर्मम आरोपहरुले आफूलाई वेफाइदा र विरोधिहरुलाई फाइदा भएको देख्दादेख्दै पनि कम्यूनिष्टहरु विभाजित हुन पछाडि परेनन् । नेपाली कांग्रेस एकपटक टुक्रिए पनि तत्काल समायोजन भयो । तर कम्यूनिष्टहरुले टुक्रिने विषयलाई झन् तीव्रता दिँदै आएका थिए । माओवादी आन्दोलनलाई श्रमजिवी जनताको पक्षमा संस्थागत गर्ने र त्यसको उपलब्धिलाई राष्ट्रको हितमा संयोजन गर्नु पर्नेमा माओवादी आन्दोलनका कमाण्डरहरु मुलट्रेन्डबाट अलग हुनु आफंैमा एउटा त्रुटी थियो । उक्त त्रुटीलाई सच्याउन माओवादी अध्यक्षले निरन्तर एकता र धु्रविकरणको आव्हान गर्ने क्रममा कमरेड किरणसँगै अलग भएका शक्ति र बावुरामसँगै अलग भएका शक्ति क्रमशः मुलपार्टीसँग धुविकरण भएको प्रकृया सगैसँगै माओवादी केन्द्र , एमाले र डा. भटट्राईसँग वाँकी रहेका नयाँशक्ति पार्टी धु्रविकरणले थप उत्साह पैदा गरेको छ । नेपालको आर्थिक सम्वृद्धिको पक्षमा र श्रमजिवि जनताको पक्षमा गरिवि विरुद्ध लड्ने राष्ट्र्यि तागत संचय गर्ने प्रकृयाको प्रारभ्भ भएको छ । यस कार्यको लागी श्रेष्ठता हासिल गराउन सफल माओवादी केन्द्र अध्यक्ष क.प्रचण्ड र क.खड्ग ओली सहितको नेतृत्वलाई थप सफलता प्राप्तिको लागि भरमग्दुर साथ सहयोग दिनै पर्छ । आम श्रमजिवि जनताको पक्षमा यो एकताले युगौ देखि विद्यमान शोषण, अन्याय, अत्याचारको वैधानिक रुपमै अन्त्यको शंखघोष गरेको आम जनतामा स्थापित गर्न जरुरी छ । 
  

 हिजो भएको बाम एकताको प्रारम्भिक पहल प्रति जनताको उत्साहको उर्लदो लहर सँगै यस प्रति विभिन्न टिका टिप्पणीहरु सतहमा देखा परेका छन् । त्यसप्रति ध्यानाकर्षन र प्राथमिकतामा राख्न जरुरी छ । यो एकताको लहर निर्वाचनमा वहुमत सिद्धको लागि वा पद प्राप्तिको चक्कर हो ? भन्ने विभिन्न कोणबाट विभिन्न प्रतिक्रिया भए पनि यथार्थता नेपाली कम्यूनिष्ट आन्दोलनमा उत्सर्ग र वलिदान दिएका जनताको कम्यूनिष्टहरु एक भएको देख्न चाहने तिर्खालाई सवोधन गर्ने यो प्रारम्भिक यात्राले कम्यूनिष्ट विरोधि राष्ट्रिय र अन्तराष्टिय शक्तिहरुले यो एकता प्रकृयालाई निकै गम्भीरतापूर्वक लिएको प्रतिक्रिया देखिन्छ । विषेशतः नेपाली कांग्रेसले आजै यो विषयलाई अफिसियल विषय वनाई वैठक वस्नुले यो एकता प्रकृयाको अगाडी निकै चुनौति श्रृजना हुने निश्चित छ । यसलाई एकतापक्षधर सवै कम्यूनिष्ट घटकहरुले नेपालको विशिष्टतामा शासकीय मोडल प्रत्यक्षः निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक निर्वाचन प्रणाली संविधान संसोधन प्रकृयाबाट प्राप्तिको लागि आगामी निर्वाचनमा दुईतिहाई सिद्ध गर्न सफल भएको खण्डमा नेपालको मुहार अर्के हुने छ । वल्ल “गाँउ गाँउ बाट उठ वस्ती वस्तीबाट उठ यो देशको मुहार फेर्नलाई ” भन्ने आज भन्दा ३५ वर्ष अगाडी गुन्जेका जनगीतले सार्थकता प्राप्त गर्ने छ । 


    नेपालको वर्तमान अवस्था निकै जटिल मोडतर्फ उभिएको छ । अन्तराष्ट्रिय र क्षेत्रीय सन्तुलन र छिमेकीहरुको सम्वन्धमा नेपाल स्पष्ट हुन जरुरी छ । नेपालको राष्ट्र्यिता , अखण्डता , सार्वभौमिकता र स्वाधिनतालाई राष्ट्र्यि स्वार्थको विषय वनाई बामपन्थी मात्र हैन नेपाली काग्रेसलाई दृढ वनाउने वातावरण श्रृजना गर्नु सवै नेपालीहरुको मुख्य जिम्मेवारी हो । यो विषय राजनितिक विषय भन्दा माथिको विषय हो । त्यसपछिमात्र राष्ट्रिय राजनितिमा अवका दिनमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई प्रतिश्पर्धाको नियमभित्र ल्याउन जरुरी छ । नेपालका सवै आन्दोलनकारी शक्ति क्रमशः महिला , दलीत, आदीवासी ÷जनजाति , मुस्लीम , थारु , लगायत सवै अल्पसंख्यहरुलाई राष्ट्रको निति निर्माणको तहमा  उभ्याउन सक्ने राजनैतिक अधिकारको सुनिश्चीतता र संस्कार निर्माणको जिम्मेवारी बामपंथीहरुकै जिम्मामा छ । संघियता , गणतन्त्र , धर्मनिरपेक्षता , समानुपातिक ÷समावेसी निर्वाचन प्रणालीलाई रक्षा र संस्थागत गर्दै परिवर्तनकामी शक्तिको वृहद धु्रविकरणबाट मात्र सवैखाले षडयन्त्र र प्रतिगमनकारी कदमहरुलाई रोक्न सकिन्छ भन्ने ध्रुविकरणको महत्व र आवश्यतालाई सवै तहका नेता र कार्यकर्ताले वुझन जरुरी छ ।

 यिनै राजनैतिक कार्यभारलाई आत्मासात गर्दै भावि दिनमा नेपाली कम्यूनिष्टहरुको सामुहिक तागतलाई केन्द्रीत गर्दै वर्तमान संविधानले प्रत्याभूत गरेको अधिकारहरुलाई वैधानिक र शान्तिपूर्ण रुपमा प्रयोग र संस्थागत गर्दै श्रमजिवि जनताको पक्षमा सम्वृद्ध समाजवादी नेपाल निर्माणको पक्षममा खुलेको यो कम्युनिष्ठ एकताको दैलो प्रति गौरव गर्दै यो ध्रुविकरण प्रकृयाले तिव्रता र थप सफलता प्राप्त गरोस भन्ने अठोटका र प्रतिवद्धताका साथ दिलखोलेर एकताका पक्षधर सवैले स्वागत र सलाम गरौ । सवै बाम एकठाम भन्ने नेपाली जनताको चाहनालाई धु्रविकरण हुन बाँकी शक्ति र घटकहरुबाट पनि सम्मानका साथ एकजुट हौं, एक जुगमा एकदिन भन्ने ऐतिहासीक महत्वलाई सवैले आत्मासात गरौं। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्ति प्रधान
मुक्ति प्रधान

(लेखक वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

लेखकबाट थप