शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भूकम्पपीडित टहरामा : सीर्इओ पोखरेल राजीनामा दिएर उम्मेदवार बन्ने तयारीमा

बुधबार, १८ असोज २०७४, १४ : ३२
बुधबार, १८ असोज २०७४

भूकम्पपीडितले टिन तथा त्रिपालको टहरामा तेश्रो दशैँ मनाईरहेका बेला राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द पोखरेलले भने चुनावी अभियान शूरु गरेका छन् । प्राधिकरणबाट राजिनामा दिएर पोखरेलले नेपाली कांग्रेसको तर्फबाट आगामी निर्वाचनमा गृहजिल्ला प्युठानबाट चुनाव लड्न लागेका हुन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति प्युठानले सर्वसम्मत रुपमा प्रमुख कार्यकारी अधिकृत पोखरेलको नाम उम्मेदवारका लागि सिफारिस गरिसकेको छ ।  पार्टी केन्द्रले हस्तक्षेप गरेन भने उनी प्युठानबाट चुनाव लड्ने पक्कापक्की भएको हो । असोज १७ गते जिल्ला कार्यसमितिले पोखरेलको नाम सिफारिस गरेर केन्द्रमा पठाएको नेपाली कांग्रेस प्युठान जिल्ला कार्यसमिति सचिव देवेन्द्र बर्माले रातोपाटीलाई जानकारी दिए । 

बर्माले भने–‘डाक्टरसापको बारेमा कुनै बिवाद आएन, जिल्लाका २ नगरपालिका र ७ गाँउपालिकाका ६४ वडाले सर्वसम्मत रुपमा उहाँलाई नै सिफारिस गरेपछि जिल्लाले हिजो नै उहाँको नाम सिफारिस गरेर केन्द्रमा पठाएको हो ।’

समानुपातिक उम्मेदवारका लागि धेरै आंकाक्षी भएपनि केन्द्रमा पोखरेल निर्विरोध रुपमा छनौट भएको कांग्रेस प्युठानका सचिव बर्माको भनाई छ । केन्द्रले अनुमोदन गरेपछि पोखरेल चुनावमा उठ्ने पक्का भएको उनले बताए ।   

गत बर्ष पौषमा नेपाली कांग्रेसको सिफारिसमा सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दोश्रो पटक पोखरेललाई नियुक्त गरेको थियो । प्राधिकरणमा प्रवेश गरेको १ बर्ष बित्न नपाँउदै उनले भूकम्पपछीको पुननिर्माण गर्ने जिम्मेवारी छोडेर राजनीतिमा होमिन खोजेका हुन् । 

दशैंका बेला प्राधिकरणको गाडि चढेर पोखरेल प्युठानका गाँउ गाँउमा भोट माग्न घरदैलो अभियानमा लागेको हाम्रा जिल्ला संवाददाताले जनाएका छन् । उनले प्युठानका खलङ्गा र बिजुवा क्षेत्रमा घरदैलो गरेका थिए ।

 

पार्टीको निर्णय अनुसार राजिनामा दिने

यसबारेमा प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलसँग प्रतिक्रिया लिन खोज्दा उनको फोन सम्पर्क भएन् । पोखरेलका प्रेस सल्लाहाकार दिनेश पाण्डेका अनुसार भोली काठमाडौं आएर उनले पार्टी सभापति सहित अन्य नेताहरुसँग आफ्नो उम्मेदवारीका बारेमा छलफल गर्ने छन् । पार्टीको सिफारिसमा नै प्राधिकरणको नेतृत्व सम्हालेका कारण पार्टीले गर्ने निर्णयका आधारमा अघि बढ्ने पोखरेलको योजना छ । पार्टीको निर्णय आउने बित्तिकै उनले प्राधिकरण छोड्ने योजना बनाएका छन् । 

यो पनि पढ्नुहोस्ः

भूकम्पको गाडी दुरुपयोग गर्दै चुनाव प्रचारमा प्राधिकारणका सीईओ


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप