अख्तियारका कार्यबाहक प्रमुख जोशीले दिए राजीनामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् । कार्यबाहक प्रमुख डा गणेश राज जोशीले राजीनामा दिँदै सोसम्बन्धी पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका हुन् । आयुक्त भएपनि पछिल्लो समय कार्यबाहककाे भूमिकामा रहेका जोशीले संविधानको धारा २३८ को उपधारा ४ को खण्ड क बमोजिम राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएसँगै उनले राजीनामा दिएका हु्न् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी थिइन् भने उनीहरुको आजै पद तथा गोपनियताको शपथ भएको थियो ।
जसअनुसार राईको अख्तियारमा प्रवेश भएको हो । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् ।
यस्तै अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा अख्तियारमा प्रवेश पाएका हुन् । अख्तियारकै आयुक्तको रुपमा किशोर कुमार सिलवाल पनि नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियालिटी शो 'कमेडी किड्स'को औपचारिक घोषणा
-
दुःखी आत्माको ट्रेलर : ‘मलाई कविता होइन कवि चाहिएको हो’
-
५९९ वटा सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत
-
सुर्खेतमा ‘ग्याङ फाइट’ : खुकुरी प्रहार हुँदा दुईजना घाइते
-
दमौली अस्पताल विस्तारको बाटो खुल्यो
-
माओवादी केन्द्रीय पार्टी कार्यालयको मुख्य सचिवमा पुन र प्रचण्डको प्रमुख स्वकीय सचिवमा आचार्य