ad
केन्द्रीय संस्करण
सम्झनामा शहीद र बलिदान

दशरथ चन्द दाइ भनेर एकछिन भए पनि रोइदिनू है राममाया !

राममाया च्यामिनी, जसले राणाविरोधी सङ्घर्षका मुक्तयोद्धाहरुलाई ज्यानको बाजी राखेर सघाइन्

person explore access_timeमाघ २०, २०७७ chat_bubble_outline0

 

वि.सं. १९९७ साल कार्तिक २ गतेदेखि पक्रिएका व्यक्तिहरु सिंहदरवारका स्कूलघर, बरफवाग, तबेलाघर, विजुलीघर आदिमा राखिएका छन् । ती ठाउँमध्ये स्कुलघर आजको रेडियो नेपाल भवनमा बिहान बिहान बढारी सफा गर्नलाई राममाया च्यामिनी खटिएकी थिइन् । त्यसबेला उनी चौबीस, पच्चीस वर्षकी मस्त युवती थिइन् । एउटा हातमा कुचो र अर्को हातमा बोरा लिएर सफा गर्न आएकी उनलाई देख्दा हाम्रो निगरानीमा रहेका पाश्र्वदलका सिपाहीहरु र आठपहरियाहरु जिस्कन्थे । प्रत्युत्पन्नमति भएकी राममाया उनीहरुसित जिस्केर त्यही मौकामा हामीसित यताउतीका दुइ–चारवटा कुरा चुहाएर जान्थिन् । त्यति मात्र होइन, हामी विभिन्न साथीहरुको घरको खबर पनि वसारपसार गर्थिन् । दुइ–दुइजना राखिएका स्कूलघरका कोठाहरुबाट अर्को कोठामा रहेका साथीहरुका कुरा पनि उनी सुनाइदिन्थिन् । साँच्चै उनी आउँदा हामीलाई खुसीको अनुभव हुन्थ्यो । मुखले भन्ने पनि यी राणा शासकहरुले हामीलाई पक्रेर कडा कारवाही गरेको छ भन्ने उनी बुझ्थिन् । कडा निगरानीमा हामीहरुलाई बाहिरको र भित्रको खबर पुर्याउन उनी सिपालु थिइन् ।

सिद्धिचरण श्रेष्ठ By Madan Puraskar Pustakalaya; Restoration by CAPTAIN MEDUSA -

प्रत्युत्पन्नमति भएकी राममाया उनीहरुसित जिस्केर त्यही मौकामा हामीसित यताउतीका दुइ–चारवटा कुरा चुहाएर जान्थिन् । त्यति मात्र होइन, हामी विभिन्न साथीहरुको घरको खबर पनि वसारपसार गर्थिन् । दुइ–दुइजना राखिएका स्कूलघरका कोठाहरुबाट अर्को कोठामा रहेका साथीहरुका कुरा पनि उनी सुनाइदिन्थिन् । साँच्चै उनी आउँदा हामीलाई खुसीको अनुभव हुन्थ्यो ।

हाम्रो सुस्केरा, क्रन्दन, आक्रोश आदिसित उनको परिचय थियो । सिंहदरवारमा हामीले कसरी दिन बिताउँथ्यौं भन्ने कुरा उनले देखेकी थिइन् । हाम्रो आँसु र हाँसोसित उनको नाता जोडिँदै गएको थियो । उनी अपठिता भए पनि बाहिर सिपाहीहरु, अफिसरहरु र सिंहदरवार बाहिर मानिसहरु केकस्ता कुरा गर्थे भन्ने पनि हामीले उनीबाटै सुन्थ्यौं । उनको तरुण हृदयमा हामीप्रतिको सद्भावना जत्तिकै भए तापनि कठिन वस्थामा छन् भन्ने उनलाई राम्ररी थाहा थियो । उनलाई बराबर अफिसर र सिपाहीहरु चेतावनी दिइरहन्थे– यिनीहरु डरलाग्दा हुन्, यिनीहरुसित नचाहिँदा कुरा नगर्नु, जिभ्रो थुत्लान् ।” सिपाहीहरुले हामी र उनीप्रतिको कुरा थाहा पाए भने उनलाई के कति सजाय हुने हो भन्ने कुरा पनि उनलाई थाहा थियो । एकातिर हामीलाई खबर सुनाएर हामीलाई मद्दत गर्नुछ भने अर्कोतिर आफूमाथि कटाक्षले हेर्ने सिपाहीहरुसित उनीहरुको मनलाई लठ्याउने कुरा पनि गर्नुपर्थ्यो । यो कलामा उनी निपुण थिइन् । म बसेको कोठामा एकदिन मसित अर्को कोठामा बस्ने मेरा साथी गङ्गालालको विषयमा केही कुरा गरिरहेकी थिइन् । मेरो निगरानीमा रहेको सिपाहीको छिल्लिएको कुरामा उनले भनेकी थिइन्, ‘खसी ! मैले फरिया पल्टाएर देखाइदिएँ भने तिमीले मलाई के गर्न सक्छौ ?’ यस्तै छिल्लिएका कुराले सिपाहीहरुलाई उनी लठ्याउँथिन् । जहिले पनि हामीलाई केही न केही खबर दिएर जान्थिन् । सिंहरदवारको तापको ज्वालाले भुटिएका ती दिनहरुमा चिसो हावाको झोक्काजस्तै भएर हामीलाई उनले ढाडस र सान्त्वना दिएकी थिइन् ।दश बाह्र दिनसम्म मलाई स्कुघरमा राखियो । पछि म समेत मेरा धेरैजसो साथीहरु आजभोलिको राष्ट्रिय पञ्चायत भवनको चौरमा पाल टाँगेको ठाउँमा सारियो । राममाया त्यहाँ सफा गर्न आउँदिनथिन् र उनलाई हामीले देख्न पाएनौं तर देख्न नपाए पनि उनले हामीलाई गरेको मद्दत नै सम्झना भइरहन्थ्यो । स्कूलघरमा हामा साथीहरु थुनिएको ठाउँमा उनले नै सफा–सुग्घर गर्थिन् ।

यो घटना घटेको पनि आज ४६–४७ वर्ष भइसक्यो । कति दिन आए गए, चारजना साथीहरु धर्मभक्त, शुक्रराज, गङ्गालाल र दशरथलाई शहीद बनाए भने कतिलाई आजीवन, कतिलाई १८ वर्ष, कतिलाई १२ वर्ष, कतिलाई ६ वर्षको कतिलाई ३ वर्षको सजाय दिइयो । त्यस्ता कैद सजायँ पाउनेहरुमा हामी ३२ जना थियौं । मलाई १८ वर्ष अंश सर्वस्वको सजाय सुनाइयो । जेलभित्र आजीवन सजायँ पाएका चिनीयालाल र बलबहादुर पाण्डे जेलमै मुक्त भए, गणेशमान सि|ह जेलबाट भागे । हामीहरुमध्ये टङ्कप्रसाद, चूडाप्रसाद, रामहरि शर्मा बाहेक अरुलाई पाँच वर्षपछि जेलबाट छुट्कारा दिइयो । पहिलेदेखि जेलमै रहेका श्री खड्गमान सिंह, पण्डित मुरलीधर, खरदार पूर्णबहादुर त्यसबखत छुटेका थिएनन् ।कोही कता परे । कोही कता परे । नेपालको राजनीतिमा पनि अदली–बदली भयो । ती दिनहरु बिते ।

त्यहीँको एउटा मान्छेले राममायाको घर देखाइदिएकोले हामी गयौं । एकतले घरको छिँडीबाट उनी बाहिर निस्किन् । मैले उनलाई देखेर भनें, ‘तपाईंले मलाई चिन्नुभयो राममाया ?’ राममायाले मलाई तलदेखि माथिसम्म हेर्दै टाउको हल्लाउँदै भनिन्, – ‘चिनें ।’ हामी त्यही हाडहरु थुपारेको केही फराकिलो ठाउँमा गएर बस्यौं ।

जेलबाट बाहिर निस्कँदा पनि राममायाको सम्झना भइनै रहन्थयो । हामी उनको विषयमा कुरा गर्थ्यौं । समय ढल्दै गयो । हामीहरुमध्ये पनि कोही मरे, कोही कता परे । म पनि अब ७४ वर्षको भएँ । जेलको संस्मरणहरु लेख्ने विचार गर्दैछु, केही लेखें पनि । राममाया जीविन तै छन् भन्ने कुरा सुनेकोले २०४३ साल कार्तिक ८ गते कवि दुर्गालालसहित खोज्दै खोज्दै उनी कहाँ गयौं । विष्णुमती पुल नाघेर डल्लु जाने बाटोमा ‘घुम्बाहाख्यो, भन्ने ठाउँ छ । त्यो ठाउँमा १०–१२ वटा स–साना घरहरु छन् । घुम्बाहाख्यो पुरानो मन्दिर भएको गाउँ हो ।अहिले केवल भग्नावशेषहरु मात्र छन् । बाघको मूर्ति स्थापना गरेको एउटा जीर्ण–शीर्ण मन्दिर छ, मुम्बाहाख्यो पहिले ठूलो चौर होला अहिले एकतले ससाना घर डकर्मीहरु बनाउँदैछन् । ठूला घरहरु यहाँ बनेका छैनन् । हामी बसेको मन्दिरको भग्नावशेषको अघिलतिर हाडहरुको थुप्रो छ जुन ठसठस गन्हाउँछ । ती हाडहरु भारततिर निकासी हुने रहेछन् । त्यहीँको एउटा मान्छेले राममायाको घर देखाइदिएकोले हामी गयौं । एकतले घरको छिँडीबाट उनी बाहिर निस्किन् । मैले उनलाई देखेर भनें, ‘तपाईंले मलाई चिन्नुभयो राममाया ?’ राममायाले मलाई तलदेखि माथिसम्म हेर्दै टाउको हल्लाउँदै भनिन्, – ‘चिनें ।’ हामी त्यही हाडहरु थुपारेको केही फराकिलो ठाउँमा गएर बस्यौं ।

मैले सोधें, तपाईं आजकाल के गर्नुहुन्छ ? ‘२० वर्ष सिंहदरवारमा नोकरी गरें, आज पेन्सन पाउँछ, त्यही पेन्सनले खान्छु । मेरो लोग्ने पनि सौता ल्याएर अलग्गै बसेका छन् । म एक्लो बसिरहेकी छु ।’

यो घर तपाईंकै हो त भनेर मैले सोधेपछि ‘होइन, यसको छिँडी तला महिनाको ३० रुपियाँमा बहालमा लिई बसेको छु । मेरो कहाँ घर हुनु? ’ मैले सोधें– ‘तपाईंको श्रीमानको छ घर होला, होइन ?’ ‘उसको पनि छैन, बहालमा नै बस्छ ।’ मैले कुरा बदलें– तपाईंले मेरो घरको कुरा ल्याइदिनुभएको सम्झनु भएको छ ?’

https://upload.wikimedia.org

उनले आँखाबाट फेरि आँसु झार्दै भन्दै गइन्, ‘गङ्गालालले नेल सिक्री बजाई गाइरहेको पनि हिजोअस्ति जस्तो लाग्छ । उनले ‘दिदी तपाईं आउँदा यो जेल होइन घर पो हो कि जस्तो लाग्छ’ भनेको कुरा पनि म सम्झन्छु ।

‘धेरै कुरा त बिर्सिसकें, केही केही सम्झना पनि छ । दरोगा श्यामबहादुरको घरबाट चामल लगेर उनलाई ढोगाएर ल्याएको थिएँ । चित्तधरको घरबाट पनि खबर गरिदिन्थें, जोगविरसिंहका दाजुभाइसित मेरो चिनजान भएकोले उनको घरको खबर गरिदिन्थें, दोल्खे सुब्बा –पूर्णनारायण) कहाँबाट पनि मैले खबर लगिदिएको थिएँ, कम्पाउण्डर चन्द्रमानलाई उनको जहानबाट धेरे खबर पुर्याएको थिएँ । झोछेंका साहु हरिकृष्णकहाँ पनि जान्थें । काजको नाति हेराकाजीको आमाकहाँ पनि म बराबर जान्थें । घरका जहानहरुले मलाई सिंहरदवारको ढोकामा कुरिरहेका हुन्थे । एकदिन केदारमानकी आमा र भाइले मलाई केदारमानलाई पिट्यो कि भनेर सोधेका थिए । पिटेको छैन, केही हुँदैन भन्ने जवाफ दिएकी थिएँ । त्यसबेला सिंहदरवार भित्रको र बाहिरको दृश्य सम्झँदा मन कसो कसो हुन्छ ।’

फेरि मैले भनें, ‘हामीहरुलाई सिंरदरवारबाट जेल पठाउँदा पनि तपाईं त्यही स्कूलघरमा बढार्न जानुहुन्थ्यो, त्यसबेलाको कुरा त तपाईंलाई सम्झना होला ? उनले आँखाबाट फेरि आँसु झार्दै भन्दै गइन्, ‘गङ्गालालले नेल सिक्री बजाई गाइरहेको पनि हिजोअस्ति जस्तो लाग्छ । उनले ‘दिदी तपाईं आउँदा यो जेल होइन घर पो हो कि जस्तो लाग्छ’ भनेको कुरा पनि म सम्झन्छु । धर्मभक्त उस्तो बोल्दैनथे । एक दिन उनलाई ल्याएको रोटी मलाई खान लैजानू भनेको थिए । दशरथचन्द, गङ्गालाल, घर्मभक्तहरुलाई फाँसी र गोलीको सजायँ दिएपछि पूर्णनारायण सुब्बालाई सिंहदरवार स्कूल घरमा राखेको बेलामा मलाई उनले भनेका थिए– ‘मेरा साथीहरु सबैलाई मारिसके मेरो पनि आजभोलि पालो आउँछ ।’ ढाढसको रुपमा मैले उनलाई भनेकी थिएँ, ‘परमेश्वरको निगाहले तपाईं छुट्नुहुनेछ ।’ ‘राममाया एकदिन सबैले मर्नु नै पर्छ, म किन दुःख मनाउँ’ भनी पूर्णनारायणले भनेका थिए । श्रीपञ्चमीको दिनमा उनलाई टुँडिखेलको रुखमा झुण्ड्याएर मार्न भनी लगिएको थियो तर फाँसी नदिई उनलाई जेल पठाइयो ।

मैले ‘दशरथले तपाईंलाई म मारिएमा मेरो निम्ति रोइदिने कोही छैन, राममाया तिमी एकछिन भए पनि रोइदेऊ है’ भनेको कुरा साँच्चै हो कि भनी सोधें । उनको आँखा भरिएर आयो । उनले भनिन्,‘यो कुरा सम्झँदा म आफ्नो मन थाम्नै सक्दिनँ ।’ उनले भनेका थिए– यहाँ मेरा साथीहरुको घर ता छ तर मेरो घर पुग्नलाई महिना लाग्छ । मेरो लागि रुने कोही छैन राममाया तिमी दाइ दशरथचन्द भनेर एकछिन भए पनि रोइदिनू है ।’ यो कुरा सुनेर आँसु थाम्न नै सकिनँ । म रोएको देखेर दशरथचन्दले भनेका थिए, ‘राममाया नरोऊ ... ले देख्यो भने तिमीलाई पनि मलाई जस्तै मार्न लगाउने छ ।’ हामीसित कुरा गर्दा उनी आँखा पनि पुछ्दै थिइन् ।

‘यो कुरा सम्झँदा म आफ्नो मन थाम्नै सक्दिनँ ।’ उनले भनेका थिए– यहाँ मेरा साथीहरुको घर ता छ तर मेरो घर पुग्नलाई महिना लाग्छ । मेरो लागि रुने कोही छैन राममाया तिमी दाइ दशरथचन्द भनेर एकछिन भए पनि रोइदिनू है ।’ यो कुरा सुनेर आँसु थाम्न नै सकिनँ । म रोएको देखेर दशरथचन्दले भनेका थिए, ‘राममाया नरोऊ ... ले देख्यो भने तिमीलाई पनि मलाई जस्तै मार्न लगाउने छ ।’

दशरथचन्दहरु मारेको घटनापछि त म सपनामा पनि उनीहरुलाई देख्थें । महिनौंसम्म खान त पटक्कै मन लाग्दैनथ्यो । उनी कुरा भन्दै जान्थिन्, आँखामा आँसु पनि पुछ्दै जान्थिन् । मैले कुरा अर्कैतर्फ लानलाई सोधे, ‘तपाईंले कति वर्ष नोकरी गर्नुभो ?’ ‘३२ वर्ष मैले नोकरी गरें अहिले २७५।– रुपियाँ महिनाको पेन्सन पाउँछु, त्यसबाट जीवन जेनतेन निर्वाह गर्दैछु ।’

१९९७ सालको कैदीहरु, थुनुवाहरु तथा शहीदहरुको ताजा स्मृतिलाई हृदयमा राखेर ७० वर्ष नाघिसकेकी राममाया अझै जीवित छिन् । उनी एकान्तमा बसी तथा साथीहरुसँग बसेर कुराकानी गर्दा कति पटक रुन्छिन् । उनी बराबर रुन्छिन्, ती देवताजस्ता कलिला युवक गङ्गालाललाई गोली हानी मारेको सम्झी झस्किन्छिन् । यस्तो किन भयो ? उनलाई थाहा छैन, उनी लामो सुस्केरा हाल्छिन्, ओझेल परेको आफ्नो घरतर्फ हेर्छिन्, केटाकेटीहरु बाझाबाझ गरेकोमा उनी भन्छिन्, ‘के गरेको !’ उनी तिनीहरुको झगडा छिन्न खोज्छिन् । गिजिमिजि परेको आफ्नो हृदयभित्रको झगडा त छँदैछ, यसरी उनका दिनहरु बितिरहेछन् ।

शहीदरहरुको अन्तिम दिन अर्थात् मृत्युको सङ्घारमा पाउ टेकिरहेका पाइलाको लागि उनीहरुका विचारहरु र आकृति हेरेर आफूले पनि एक दुई कुरा गरेको सम्झनाको सँगालो नै राममायाको जीवन हो । मृत्युमा एक पाइला, अर्को पाइला जीवनमा, तीनजना शहीद र एकजना शहीद नबनी १८ वर्षको सजाय पाएको व्यक्तिको ताजा भाव र विचारको पञ्ज राममाया हो । र, जगत्को कठोर कष्टले उनलाई के रात, के दिन, बेला बेलामा झस्काइरहेको हुन्छ ।

१९९७ सालको काण्डको सम्झना उनीको हृदयमा बराबर आइरहन्छ । वर्षात् अनि हिउँदको घामले उनको जीवनलाई छोट्याइरहेको छ । म विचार गर्छु– साँच्चै शहीदहरुको अन्तिम आकृति, रुप विचारसित हेलमेल गर्ने उनले मौका पाइन् । अब कति दिन उनी बाँच्ने हुन् ? विस्मृतिको सागरमा उनी पनि डुबेर जानेछिन् । डाँडापारिको घामजस्तै उमेर भैसकेकी राममायासित डाँडापारि घाम भएको म छुट्टिएर आफ्नो बाटो लागें ।

(मघुपर्क, पूर्णाङ्क २२५, २०४४ । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा सरुभक्तको सम्पादनमा प्रकाशित सिद्धिचरणका जेल–संस्मरणबाट साभार । शीर्षक हामीले राखेका हौं । रातोपाटी)

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.