शुक्रबार, १४ असार २०८१
ताजा लोकप्रिय

संसद विघटन विरुद्धको प्रदर्शनमा सहभागीप्रति देउवाद्वारा आभार प्रकट

सोमबार, १९ माघ २०७७, १९ : ५३
सोमबार, १९ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धको प्रदर्शनमा सहभागीप्रति आभार प्रकट गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने भ्रातृ संघका सँगै पार्टीको सबै तहका कार्यकर्तालाई बधाई ज्ञापन गरेका हुन् ।

यस्तै पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा उनले बधाई ज्ञापन गरे । संसद विघटन नेपाली काँग्रेसको १३ वटा भ्रातृ संघले आज आयोजना गरेको विरोध प्रदर्शन ७७ वटै जिल्लाहरुमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको देउवाका् भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, 'प्रदर्शनले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप