बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

ओलीको कदमको विरोधमा उत्रिए काँग्रेसका भ्रातृ संगठन

सोमबार, १९ माघ २०७७, १७ : १४
सोमबार, १९ माघ २०७७

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनले पोखरामा प्रदर्शन गरेका छन् । काँग्रेस केन्द्रीय समितिको सोमबार देशभर प्रदर्शन गर्ने तेस्रो चरणको आन्दोलन अन्तर्गत कास्की कांग्रेसको भ्रातृ संगठनले पोखरामा प्रदर्शन गरेको हो ।  

चिप्लेढुंगाबाट निस्केको विरोध ¥याली बजार परिक्रमा गरी महेन्द्रपुल पुगेर विरोधसभामा परिणत भएको हो ।
संसद् विघटन गरी प्रधानमन्त्री ओलीले सर्वसत्तावाद उन्मुख कदम चालेको, देशमा चरम भ्रष्टाचार बढेको, कोभिड –१९ विरुद्धको प्रयासमा सरकार असफल भएको र जनसरोकारका विषयमा सरकार उदासीन बनेको भन्दै काँग्रेसका भ्रातृसंगठनले विरोध जनाए । 

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको अधिकारमाथि धावा बोलेको आरोप लगाए । 
उनले प्रधानमन्त्री ओलीले बहुमतको सरकार विगठन गरेर जनताको आशा र विश्वासमा कठाराघात गरेको बताए । 

जनताले ठुलो आशा र भरोसाका साथ प्रचुर बहुमत दिएर पठाएका ओलीले बीचमै संसद विगठन गरेर 

कांग्रेसका सबै भ्रातृ संगठनले सबै जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम अनुसार कास्कीमा पनि विरोध प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए । उनले कांग्रेसका १३ वटा भातृ संस्थाले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको बताए । 

कार्यक्रममा महिला संघकी अध्यक्ष कोपिला रानाभाट, काँगे्रस नेता शुक्रराज शर्मा, पूर्व मन्त्री यज्ञबहादुर थापा, संविधानसभा सदस्य शारदा पौडेल, वृन्दादेवी रानामगर, प्रदेश सांसद कुमार खड्का, सोभियतबहादुर अधिकारी, खेमराज पौडेल लगायतले सरकारको असंवैधानिक कदमको विरोधमा बोलेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप