सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काेराेना खाेपका लागि भारतले छुट्यायाे ३५ हजार कराेड बजेट

सोमबार, १९ माघ २०७७, १२ : १३
सोमबार, १९ माघ २०७७

काठमाडौं । भारतले काेराेना खाेपकाे विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार कराेड भारतीय रुपैयाँ बजेट छुट्याएकाे छ ।

 साेमबार नयाँ आर्थिक वर्षकाे बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले साे बराबरकाे बजेट विनियाेजन गरेकी हुन् । 
वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिककाे जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनकाे विकास गर्ने बताइन् । भारतले विश्वका सय भन्दा बढी देशमा काेराेना दिने प्रक्रिया सुरु गरिसकेकाे छ। 
भारतले नेपालमा पनि १० लाख डाेज खाेप अनुदानमा उपलब्ध गराइसकेकाे छ । पहिलाे चरणमा ४ लाख ३० हजारलाई उक्त खाेप दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप