शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीको ६५० औँ गोलमा बार्साको जीत

सोमबार, १९ माघ २०७७, ०९ : ०३
सोमबार, १९ माघ २०७७

लियोनेल मेस्सीले करियरको ६५० औँ गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ गोलले पराजित गरेको छ । फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । क्लबका लागि फ्रिकिकमार्फत् उनको यो ४९ औँ गोल थियो ।

तर, दोस्रो हाफको शुरुवातमा नै जोर्डी आल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । खेलको ७४ औँ मिनेटमा एन्टोनी ग्रिजमानले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए ।

जीतसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई गोलअन्तरमा उछिन्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । यद्यपि, शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सा र रियल १० अंकले पछि रहेका छन् ।

सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले पछिल्ला १० खेलमध्ये ८ मा जीत र दुईमा बराबरी गरेको छ । 

आइतबार नै भएको खेलमा एथ्लेटिको म्याड्रिडले क्याडिजलाई ४–२ गोलले पराजित गर्यो । एथ्लेटिकोको जीतमा लुइस सुवारेजले २, साउल निग्वेज र कोकेले एक–एक गोल गरे । क्याडिजका लागि दुवै गोल अल्भारो नेग्रेडोले गरेका थिए ।

दुई गोलसँगै सुवारेज ला लिगाको यो सिजनमा १६ खेलबाट १४ गोल गर्दै सर्वाधिक गोलको सूचीमा पहिलो स्थानमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप