शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा प्रदेशस्तरीय कवड्डी प्रतियोगिता हुने

मङ्गलबार, १७ असोज २०७४, १५ : ५३
मङ्गलबार, १७ असोज २०७४

धनुषा–धनुषामा प्रदेश स्तरीय महिला तथा पुरुष कवड्डी प्रतियोगिता हुने भएको छ ।

जिल्लाको सबैला नगरपालिका अन्तर्गत वडा नं. १२ रधुनाथपुरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता जिल्ला खेलकुद पत्रकार मंचको आयोजनामा हुन लागेको हो । मंचको आयोजनामा संचालन हुने प्रतियोगिता यही असोज ३१ गते अद्घाटन भई ३ गतेसम्म हुने मंचका अध्यक्ष सुरेश यादवले जनाएका छन् ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहलाई ५१ हजार पुरस्कार स्वरुप प्रदान गरिने छ भने दोश्रो हुने समुहलाई ३१ हजार र तेस्रो हुने समुहलाई ११ हजार प्रदान गरिने आयोजकले जनाएको छ । 

त्यस्तै महिला तर्फ प्रथम हुने समुहलाई २५ हजार पुरस्कार स्वरुप प्रदान गरिने छ । दोश्रो हुने समुहलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार प्रदान गरिने छ । महिलातर्फ अधिल्लो सालको तुलनामा आयोजकले पुरस्कार तेस्रो पुरस्कार राशि थप र वृद्धि पनि गरेको छ ।

अघिल्लो सालको तुलनामा पुरस्कार राशिमा १० हजार वृद्धि गरिएको हो । प्रतियोगितामा प्रदेश नं.२ का ८ जिल्लाका महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहने अध्यक्ष यादवले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप