शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

०६२/६३ को परिवर्तनपछि मुलुकमा  लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भयो : कमल थापा

आइतबार, १८ माघ २०७७, २१ : २१
आइतबार, १८ माघ २०७७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२र६३ को परिबर्तन पश्चात् मुलुक लोकतन्त्रको नाममा सर्बसत्ताबाद तर्फ उन्मुख भएको बताएका छन् । 

राप्रपा प्रबास महासंघले आज आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दुत्वको धरातलमा उभिएर  मुलुकमा आर्थिक,सामाजिक,राजनितिक, सांस्कृतिक रुपान्तरण गर्न चाहेको बताए ।

भ्रष्टाचार ,बेरोजगारी,धर्मपरिवर्तको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको उनले बताए । सर्वोच्चमा बिचाराधिन विषयमाथि दबाब र प्रभाव अनुचित हुने जनाउदै थापाले सडक प्रदर्शन र वक्तव्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। 

राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानू र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रबासमा पनि पार्टीको सकृय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गर्दै प्रबासबाट महाधिवेशनमा सहभागीताको सुनिश्चित भएकोमा बधाई सहित खुशी प्रकट गरे।

कार्यक्रममा प्रबास संगठनका नेताहरु प्रेमकुमार श्रेष्ठ , लोक तिवारी लगायत विभागका प्रमुख बिजय खड्काले समेत धारणा राखेका थिए । बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागीता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप