आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको गाडी दुरुपयोग गर्दै चुनाव प्रचारमा प्राधिकारणका सीईओ

मङ्गलबार, १७ असोज २०७४, १५ : ०३
मङ्गलबार, १७ असोज २०७४

प्युठान– भूकम्प गएको तीन वर्ष भइसक्दा पनि लाखौ नेपाली जनता टहराको बासमै छन् । तर, तिनै भूकम्प पीडितलाई आवास निर्माण गर्न राहत प्रदान गर्न गठन भएको पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ ) डा गोविन्द पोखरेल भने  पीडितहरुलाई सहज र सरल ढंगले राहत प्रदान गर्नुको साटो प्राधिकरणको श्रोत  र साधन दुरुपयोग गरेर गृह जिल्ला प्युठानमा चुनाव प्रचारप्रसारमा लागेका छन् । 

सीईओे पोखरेल विगत एक सातादेखि प्राधिकरणको सुविधा सम्पन्न गाडी प्रयोग गरेर प्युठान सदरमुकाम खलंगा र विजुवा बजारमा घुमघाममा लागेका हुन् । सो क्रममा डा पोखरेलले भुकम्प पीडितहरुलाई आफु प्राधिकरणको सीईओे भएपनि आगामी निर्वाचनमा चुनाव लड्ने भएकाले आफू करोडौ रुपैयाँ खर्च गर्ने हैसियत रहेकाले स्थानीयका समस्या समाधान गरिदिने आश्वस दिएको एक स्थानीयले रातोपाटीलाई बताए । 

उनका अनुसार, प्रमुख पोखरेलले आगामी निर्वाचनमा माओवादी र बामदेव गौतम कसैले चुनाव जित्न नसक्ने भन्दै आफ्नो विकल्प नभएको समेत बताएका छन् । उनले आफूलाई निर्वाचन आचारसंहितासमेत नलाग्ने भएकाले स्थानीयका समस्या समाधान गर्न आफु गाउँगाउँ डुलेको समेत बताए ।

विजुवा बजारका स्थानीय शहकुल पाण्डेले प्रमुख पोखरेलले यसरी खुलेआम निर्वाचन आचारसंहिता विपरित प्राधिकरणको श्रोत साधन दुरुपयोग गर्दा पनि निर्वाचन आयोग मौन बसेकोमा आश्चार्य व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप