सोमबारदेखि एक महिनासम्म ‘आयोडिन मन्थ’
काठमाडौं । भोलि (सोमबार)देखि ‘आयोडिन मन्थ’ सुरु हुँदैछ । युनिभर्सल साल्ट आयोडाइज (युएसआई) का सदस्य राष्ट्रहरुको रुपमा नेपालले सन् १९९८ देखि हरेक वर्ष निरन्तर मनाउँदै आएको ‘आयोडिन मन्थ’ सोमबारदेखि सुरु हुन लागेको हो ।
युएसआईको आह्वान अनुसार प्रत्येक वर्षको फेब्रुअरीलाई विश्वभर यस्तो महिनाको रुपमा मनाउने गरिएको छ । सो अवधिमा आयोडिनयुक्त नुनको प्रयोगको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
आयोडिनको कमीका कारण नेपालमा विगतमा निकै ठूलो विकृति देखिँदै आएको छ । सोमध्ये सबैभन्दा महत्त्वपूर्ण विकृतिको रुपमा रहेको भिजिबल गोइटर सज् १९८५÷८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा यो घटेर ०.४ प्रतिशतमा सीमित भएको थियो । अहिले यो शुन्यमा झरिसकेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले वितरण गर्दै आएको नुनमा आयोडिन मिश्रण गर्न थालेपछि नेपालमा यस्तो विकृति शुन्यमा झरेको हो ।
नेपालले सन् २०१८ सम्म आयोडिनयुक्त नुन प्रयोगकर्ता ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको थियो । नेपाल सरकारले गरेको एनएनएमएस सर्भे अनुसार सन् २०१६ मा यस्तो संख्या ९१ प्रतिशत नाघिसकेको छ । त्यस्तै, सरकारले गरेको एनडीएचएम सर्भे अनुसार २०१६ मा ५ वर्ष मुनिका ९४ प्रतिशत बालबालिकाले उपयुक्त मात्रामा आयोडिन नुन पाएको देखिएको छ ।
सोमबारदेखि एक महिनासम्म चल्ने उक्त कार्यक्रममा कर्पोरेसनले नेपाल सरकारले जनस्वास्थ्यसम्बन्धी सबै निकाय, स्थानीय तह, विद्यालय, गैरसरकारी संस्था, नागरिक समाज लगायतसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
त्यसका लागि जनस्वाथ्यसम्बन्धी, विद्यालय, हाटबजार लगायत क्षेत्रमा माइकिङ गर्ने, जनचेतनामूलक सामाग्री वितरण गर्ने, प्रदर्शनी कक्ष राख्ने जस्ता कार्यक्रम सञ्चालन हुने कर्पोरेसनले जनाएको छ ।
सरकारले विगत ५७ वर्षदेखि साल्ट ट्रेडिङलाई देशभर आयोडिनयुक्त नुन वितरणको जिम्मेवारी दिदै आएको छ । कर्पोरेसनले ग्रामीण क्षेत्रसम्म दुई बालबालिकाको चिन्ह अंकित आयोडिनयुक्त नुनको वितरण गर्दै आएको छ । यो वर्ष कर्पोरेसनले चेतनामूलक सन्देश लेखिएको सपिङ झोला, स्कुल झोला, टीसर्ट, पम्प्लेट, फेसमास्क लगायत वितरण गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९८ प्रकारका औषधीबारे धेरै ठाउँबाट गुनासो आएको छ : मन्त्री पौडेल
-
नाजी सोल्यूट गर्नेलाई अष्ट्रेलियामा अनिवार्य जेल सजाय
-
‘ओई माया ओई’मा श्रीदेव र अनामिकाको प्रेमकथा
-
यूएसएड बन्द हुँदा विश्वभर कहाँकहाँ पर्छ प्रभाव ?
-
उपत्यकामा १ जना प्रहरीको काँधमा २८५ नागरिकको सुरक्षा जिम्मेवारी
-
अध्यादेश पेस नभई सकियो राष्ट्रियसभा बैठक, आइतबार फेरि बस्ने