शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोप्य वार्ताबाट हौसिदै निस्किए नेताहरु (फोटो फिचर)

मङ्गलबार, १७ असोज २०७४, १४ : ३३
मङ्गलबार, १७ असोज २०७४

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताले अन्तिम स्वरुप पाएको छ । वर्तमान सरकारको सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एमालेबीचको पार्टी एकता र चुनावी तालमेलबारे मंगलबार अपरान्ह ५ बजे राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी जानकारी दिँदैछन् ।

त्यसअघि, ललितपुरस्थित व्यापारी शारदा अधिकारीको निवासमा भएको दुई पार्टीको शीर्ष तहको बैठकबाट नेताहरु निकै हौसिदै निस्किएका थिए । निर्णायक वार्ता हुने भएपछि मंगलबार विहानै नारायणकाजी श्रेष्ठ प्रचण्ड निवास लाजिम्पाट पुगेर छलफल गरे । लाजिम्पाटबाट पत्रकारलाई ठाउँ नबताएर श्रेष्ठ ललितपुरतिर हानिए भने प्रचण्ड बालुवाटार लागे ।

ललितपुरस्थित अधिकारीको घरमा दोस्रो तहका नेताहरु छलफल गर्दै गर्दा प्रचण्डले बालुवाटरमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै थिए । अन्तिम समयमा प्रचण्ड ललितपुरको वार्तामा पुगे भने एमाले अध्यक्ष ओली पनि सहमति जुट्नेबेलामा ललितपुरको वार्तामा थिए । 

वाम एकता र चुनावी तालमेलको टुंगो लगाउदै पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराउने निर्णय भएको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
शीर्षस्थ तहको बैठकमा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता  सुवासचन्द्र नेम्वाङ, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोख्रेल सहभागी थिए । 

त्यसैगरी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्ड नेता श्रेष्ठ र रामबहादुर थापा वादल सहभागी थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप