शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

शुक्रबार, १६ माघ २०७७, २२ : २९
शुक्रबार, १६ माघ २०७७

धनुषा । ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । 

ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप