बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

देशमा गणतन्त्र होइन, विद्यातन्त्र आयोः प्रदीप पौडेल

शुक्रबार, १६ माघ २०७७, १६ : २३
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौड्लले नेपालमा गणतन्त्र नभई विद्यातन्त्र आएको बताएका छन् । काँग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ समितिले रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजना गरेको विरोधसभामा नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र नभइ विद्यातन्त्र लागू गरेको बताए ।

‘केपी ओली गणतन्त्रवादी नेता होइनन्, उनी गणतन्त्रविरोधी नेता हुन् । यतिबेला नेपालमा गणतन्त्र होइन विद्यातन्त्र आएको छ’ पौडेलले भने।   उनले राष्ट्रपति विद्यादेवी भण्डारी  र प्रधानमन्त्री ओली संविधानभन्दा माथि बस्‍न खोजेको आरोप लगाए । ओली राजतन्त्र ल्याउन अग्रसर भइरहेको आरोप उनले लगाए ।

पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो।  ‘पार्टी भित्रको झगडाको रिस प्रतिनिधिसभा माथि पोखियो। कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ पौडेलको प्रश्न छ। नेपालमा समृद्धि नआउनुको प्रमुख कारण प्रधानमन्त्री ओली नै भएको उनको भनाइ थियो । पौडेलले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्ने ल्याकत नराख्ने बताए। ‘केपी ओलीले काँग्रेसलाई जिताउन चुनाव गर्नुहुन्न’ उनले भने।

वैशाखमा चुनाव भयो भने पनि केपी ओलीको जमानत बाँकी नरहने पौडेलको भनाइ छ।  केपी ओली कामचलाउ प्रधानमन्त्री भएको भन्दै उनले कामचलाउ प्रधानमन्त्रीले संसारमा कहाँ मन्त्रिपरिषद् विस्तार नगर्ने बताए । ‘लाज पनि लजाइसक्यो’ उनले भने, ‘संसद् विघटन असंवैधानिक भन्नु भनेको त्यो पुनःस्थापना हुनुपर्छ भनेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप