ad
केन्द्रीय संस्करण
उत्प्रेरक

कोरोनाको पाठ : महामारी र विपत‍्सँग जुघ्न पूर्व तयारी चाहिन्छ !

विपत‍् व्यवस्थापनमा यसकारण भयो पाटन अस्पताल अब्बल

person explore access_timeमाघ १६, २०७७ chat_bubble_outline0

 

 

कोरोना भाइरस कोभिड–१९ को महामारीको सुरुवाती चरणमा धेरै अस्पतालका चिकित्सक अग्रपङ्क्तिमा बसेर सङ्क्रमितको उपचार गर्न तयार थिएनन् । ‘हतियारबिना युद्ध लड्न सकिँदैन, तयारीबिना युद्ध मैदानमा सरिक हुँदा हार्नुको विकल्प छैन,’ ०७६ साल पुसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपालमा कोरोना सङ्क्रमण फैलिए के गर्ने, तयारी कस्तो गर्ने भन्नेबारे छलफल चल्दा कतिपय चिकित्सकले यस्तै खालका धारणा व्यक्त गर्ने गरेका थिए ।

 नेपालमा प्राकृतिक विपत‍् तथा कुनै रोगको महामारी आए कसरी विपत‍् व्यवस्थापन गर्ने भनेर पाटन अस्पतालबाहेक त्यसबेला अन्य कुनै अस्पतालले खासै तयारी नगरेको पाटन अस्पतालका विपत‍् व्यवस्थापन समितिका संयोजक तथा अस्पताल दुर्घटना नेतृत्व प्रणालीका आन्तरिक प्रचारक प्रोफेसर डा. आशीष श्रेष्ठ दावी गर्छन् ।

भविष्यमा अचानक आउन सक्ने प्रकृतिक विपत‍् तथा कुनै रोगको महामारीमा   बिरामीहरुको उपचार र व्यवस्थापन कसरी गर्ने भनेर डा. श्रेष्ठको नेतृत्वले अभ्यास गर्दै आएको थियो । सोहीअनुसार नै नेपालमा कोरोना महामारी आउनुपूर्व पाटन अस्पतालले सम्भाव्य विपद तथा महामारीहरुसँग सामना गर्ने योजना बनाएको थियो ।

कुनै पनि प्रकृतिक विपत‍् तथा महामारी बाजा बजाएर आउँदैन भन्ने भनाइलाई आत्मसाथ गर्दैै पाटन अस्पतालले आपतकालीन अवस्थासँग जुध्न २०६९ सालदेखि तयारी गर्दै आएको थियो । त्यसैले ०७६ पुसमा स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा पाटन अस्पतालले विपत‍् व्यवस्थापनसम्बन्धी योजना पेस गर्न सकेको उनले सुनाए । 

नेपालमा कोरोना महामारी फैलन सुरु भएपछि कोरोना उपचार, पहिचान र नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामाग्री पीपीई कसरी जोहो गर्ने, कोरोना संक्रमितको उपचार गर्ने कि नगर्ने भनेर अस्पतालहरु दोधारमा थिए । तर, पाटन अस्पतालले विपत‍् व्यवस्थापनको पूर्वतयारी गरेकाले सङ्क्रमितको उपचार, पहिचान तथा नियन्त्रणमा सुरुवाती समयबाट निरन्तर लागि परेकाले अन्य अस्पतालको तुलनामा अब्बल सावित भएको डा. श्रेष्ठको जिकिर छ ।

पाटन अस्पतालमा २०५१ सालमा बनेको विपत‍् व्यवस्थापन समिति २०६८ सम्म आइपुग्दा १७ वर्षको अवधिमा १० पटक परिर्वतन भयो । त्यसपछि २०६९ मा पुनः अस्पतालले विपत‍् व्यवस्थापन समिति बनाएसँगै संयोजक डा. श्रेष्ठ बनेका हुन् ।

भविष्यमा अचानक आउन सक्ने प्रकृतिक विपत‍् तथा कुनै रोगको महामारीमा   बिरामीहरुको उपचार र व्यवस्थापन कसरी गर्ने भनेर डा. श्रेष्ठको नेतृत्वले अभ्यास गर्दै आएको थियो । सोहीअनुसार नै नेपालमा कोरोना महामारी आउनुपूर्व पाटन अस्पतालले सम्भाव्य विपद तथा महामारीहरुसँग सामना गर्ने योजना बनाएको थियो । सोहीअनुसार, अचानक विपत‍् आइपरेमा बिरामीको उपचार र व्यवस्थापन कसरी गर्ने, स्वास्थ्य पूर्वाधार कहाँबाट जुटाउने, स्वास्थ्य पूर्वाधारहरुको कसरी प्रयोग गर्ने, स्वास्थ्यकर्मीलाई जोखिमका स्थितिबीच कार्य क्षेत्रमा कसरी खटाउने आदि कुराहरुको तयारीमा निरन्तर खटिएको उनको भनाइ छ ।

२०७२ सालको विनाशकारी महाभूकम्प जाँदा विपत‍् व्यवस्थापन समिति तयारी अवस्थामा बसेका कारण बिरामीको उपचार तथा व्यवस्थापन गर्न सहज भएको अस्पतालले अनुभूति गरेको डा. श्रेष्ठले सुनाए ।

नेपालमा कोरोना महामारी आउनुपूर्व पाटन अस्पतालले सम्भाव्य विपद तथा महामारीहरुसँग सामना गर्ने योजना बनाएको थियो । सोहीअनुसार, अचानक विपत‍् आइपरेमा बिरामीको उपचार र व्यवस्थापन कसरी गर्ने, स्वास्थ्य पूर्वाधार कहाँबाट जुटाउने, स्वास्थ्य पूर्वाधारहरुको कसरी प्रयोग गर्ने, स्वास्थ्यकर्मीलाई जोखिमका स्थितिबीच कार्य क्षेत्रमा कसरी खटाउने आदि कुराहरुको तयारीमा निरन्तर खटिएको उनको भनाइ छ ।

 ०७२ सालमा आएको महाभूकम्पपछि काठमाडौं उपत्यकाका अलावा सातै प्रदेशका हव अस्पतालहरूले पनि पाटन अस्पतालको विपत‍् व्यवस्थापन समितिबाट तालिम लिएका थिए ।

त्यसपछि पाटन अस्पतालको विपत‍् व्यवस्थापन समितिको योजना र कार्यलाई नेपाल सरकारले मनपराउनुकासाथै स्वीकारसमेत गर्‍यो । नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा पाटन अस्पतालको विपत‍् व्यवस्थापन समितिले विपत‍् व्यवस्थापनसम्बन्धी सातै प्रदेशका मुख्य अस्पतालमा डा. श्रेष्ठको समूहले तालिम दियो ।

०६४–०६५ मा सातवटै प्रदेशका हब अस्पताल र अन्य गरी १ सय ५० अस्पतालसँगको सहकार्यमा पनि विपत‍् व्यवस्थापनसम्बन्धि तालिम र योजना निर्माण गरेको डा. श्रेष्ठ सम्झन्छन् । विगतमा विपत‍् व्यवस्थापनका लागि दिएको तालिम तथा योजना अहिले कहाँ पुग्यो भन्नेबारेमा भने उनले अनभिज्ञता प्रकट गरे ।

पाटन अस्पतालले प्रकृतिक विपत‍्बाट उत्पन्न हुने समस्यासँग जुध्नका लागि तयारी गरेको थियो । तर, भविष्यमा रोगहरुको महामारी आउन सक्ने अनुमान लगाउँदै योजना निर्माण गरेपनि विपत‍् व्यवस्थापन समितिसँग कोरोना जस्तो विकट महमारीसँग जुध्ने अनुभव भने थिएन ।

०७३÷०७४ सालमा सधैं सधैं झैँ हैजा रोगको महामारी फैलियो ।  ६ पटकसम्म फैलिएको सो महामारी नेपालका पाँच जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ र सप्तरीमा देखापरेको थियो । करिब १५५ जनालाई संक्रमित तुल्याएको सो रोग पछि नियन्त्रणमा आयो । तर त्यसबेला हैजा रोग ठूलो जमातलाई एकै पटक देखिएको खण्डमा उपचार तथा व्यवस्थापन कसरी गर्ने भनेर अस्पतालहरु पूर्ण रूपमा तयार थिएनन् । त्यसआधारमा पनि पाटन अस्पतालले आगामी दिनमा विभिन्न रोगको महामारी आउन सक्ने अनुमान लगाएर योजना त बनायो तर महामारीको विपत‍् व्यवस्थापनसम्बन्धी कसैसँग पनि अनुभव थिएन ।

त्यसैले पाटन अस्पतालले अमेरिकाको इन्डियाना युनिभर्सिटीका एक प्रोफेसरको सहयोगमा महामारी विपत‍् व्यवस्थापनसम्बन्धी योजना बनाएको उनले सुनाए । महामारी विपत‍् व्यवस्थापनसम्बन्धी योजना बनाए पनि नेपालका लागि सान्दर्भिक छ कि छैन भनेर २०७४ सालमा कसरी बिरामीको उपचार तथा व्यवस्थापन गर्ने र स्वास्थ्यकर्मी कसरी सुरक्षित हुने भनेर अस्पतालका स्वास्थ्यकर्मीलाई बारेमा तालिम दिएको उनले सुनाए । बिरामीको उपचार गर्दा कसरी पीपीई लगाउने, खोल्ने, बिरामीको उपचार कसरी गर्ने, स्वास्थ्यकर्मी कसरी सुरक्षित रहने बारे तालिम लिने र सिकाउने काम विपत‍् व्यवस्थापन समितिले गर्‍यो ।

नेपालमा कोरोना महामारी फैलिएपछि मात्रै आइसोलेसन बेडका बारेमा तयारी थालियो ।  तर, पाटन अस्पतालले महामारी फैलिएमा आइसोलेसन कहाँ तयार पार्ने, आइसोलेसनमा स्वास्थ्यकर्मीले कसरी काम गर्ने, बिरामीलाई भेन्टिलेटर चाहिएमा कसरी व्यवस्थापन गर्ने, महामारीमा बिरामीको उपचार गर्न जाँदा, आउँदा सुरक्षाका के कस्ता उपायहरु अपनाउने, अस्पतालमा उपचार गर्न आएका बिरामी महामारीबाट प्रभावित छन् वा छैनन् र आशंका गरिएकाहरुलाई निर्क्योल गर्न छुट्टै वार्ड समेत संचालन गर्ने गरी समितिले पूर्वतयारी गरेको उनले सुनाए ।

कोभिड–गैरकोभिड बिरामीको उपचार गर्न यसरी सम्भव भयो

महामारीको सुरुवाती दिनमा कोरोना संक्रमण फैलिने डरले धेरै अस्पतालहरु कोभिडका बिरामीको उपचार गर्न तयार भएनन् । अन्य रोगीहरुको उपचारका क्रममा कोभिडका बिरामी फेला पर्दा अस्पतालदेखि विभिन्न उपचार कक्षहरू केही समयका लागि बन्दसमेत भए ।

महामारी बढ्दै जाँदा कोरोनाको त्रासले सरकारी तथा निजी अस्पतालहरुले गैरकोभिड बिरामीको समेत उपचार गर्न अस्वीकार गरेको अवस्था थियो । तर त्यो स्थितिमा पनि पाटन अस्पतालले भने कोभिड–गैरकोभिड बिरामीलाई निरन्तर सेवा दिइरहेको थियो ।

विपत‍् व्यवस्थापन समितिले प्राकृतिक विपत्ति तथा रोगव्याधिको महामारी जुनसुकै समयमा आउने भन्दै महामारी प्रभावित भएका र नभएका दुवैथरी बिरामीलाई सेवा दिने उद्देश्यका साथ बनाएको योजना अस्पतालमा लागू गरिएको डा. श्रेष्ठले बताए । पूर्व योजनाअनुसार अस्पतालले महामारी जुनबेला पनि आउने भन्दै सुरक्षात्मक सामग्री सञ्चित गरेर राखेको थियो । त्यसकारण महामारी फैलने वित्तिकै संक्रमितको उपचारका लागि अग्रपङ्त्तीमा खटिने स्वास्थ्यकर्मीले पिपिई लगाएर उपचारमा सरिक हुन पाएको उनले सुनाए ।

महामारी बढ्दै जाँदा कोरोनाको त्रासले सरकारी तथा निजी अस्पतालहरुले गैरकोभिड बिरामीको समेत उपचार गर्न अस्वीकार गरेको अवस्था थियो । तर त्यो स्थितिमा पनि पाटन अस्पतालले भने कोभिड–गैरकोभिड बिरामीलाई निरन्तर सेवा दिइरहेको थियो ।

अस्पतालले कोरोना महामारी रहुन्जेल इन्सिडेन्ट कमान्ड सिस्टमसमेत लागू गरेको छ । डा. श्रेष्ठ इन्सिडेन्ट कमान्डका सदस्यसमेत हुन् । महामारी फैलिँन थालेको सुरुवाती समयमा संक्रमण कसरी फैलिन्छ ? त्यसको घातकता कति छ ? संक्रमण फैलिन नदिनका लागि के कस्ता उपायहरु प्रभावकारी छन् भन्नेबारे ठोस जानकारी थाहा नभइसकेको अवस्था थियो ।

कोभिड बिरामीको उपचारको लागि छुट्टै अस्पताल तोक्नुपर्ने आवाज बुलन्द भइरहँदा पाटन अस्पतालले भने कोभिड, ननकोभिड बिरामीको उपचार भइरहेको थियो । तर, सरकारले महामारीको सुरुवाती चरणमा कोभिड अस्पताल घोषणा गरेपनि लामो समयसम्म लागू हुन सकेन ।

 त्यो विषम परिस्थितिको शुरुवाती चरणमा पाटन अस्पतालले कोभिडका बिरामी उपचारका लागिका लागि ५ बेड छुट्याएर उपचार शुरु गर्यो । सङ्क्रमित बढ्दै गएपछि त्यो संख्या बढाएर १५ बेड पुर्‍याएको उनले बताए ।

 डा. श्रेष्ठका अनुसार महामारी नेपाललगायत विश्वभर फैलिएपछि त्यसबारे  भएका अनुसन्धानकालाई गहन अध्ययनबाट प्राप्त ज्ञान र अनुभवका आधारमा थप योजनाका साथ अगाडि बढ्को उनले बताए । विपत‍् व्यवस्थापनसम्बन्धी निर्माण गरिएको   रणनीति महामारीको अवस्थाअनुसार परिर्वतन र परिमार्जन गरेको उनले बताए ।  संक्रमितको संख्या बढ्दै गएपछि पाटन अस्पतालले विस्तारै बेड सङ्ख्या बढाएर २२५ बेड पुर्‍याएको थियो ।

 एक तिहाइ स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा पनि सेवा प्रभावित भएन

पाटन अस्पतालमा १५ सय स्वास्थ्यकर्मीहरु उपचार कार्यमा क्रियाशील छन् । तीमध्ये एक तिहाइ स्वास्थ्यकर्मी संक्रमणबाट प्रभावित हुन संक्रमित हुन सक्छन् भन्ने आँकलन विपत‍् व्यवस्थापन समितिले गरेको थियो । नभन्दै त्यस्तै भयो पनि । उपचारमा खटिएका  १५ सय स्वास्थ्यकर्मीमध्ये  एक तिहाइ स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा पनि पाटन अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा प्रभावित भएन । त्यसरी एकतिहाइ स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा गैरकोभिडतर्फ उपचारमा खटिएका  स्वास्थ्यकर्मीलाई कोभिड वार्डमा खटाइएको डा. श्रेष्ठले बताए । कोभिडका बिरामीको संख्या बढ्दा नन्कोभिड तर्फ उपचार गराउनेको संख्या तुलनात्मक रुपमा कम थियो । त्यसैले कोभिड, गैरकोभिड बिरामीको उपचारमा रोलक्रमअनुसार स्वास्थ्यकर्मीलाई अस्पतालले खटाएको उनले बताए । 

पूर्वयोजना अनुसार अस्पतालले कोभिड, गैरकोभिड बिरामीलाई दिँदै आएको सेवालाई निरन्तरता दिइनैरह्यो ।  कोरोना सङ्क्रमण दर उच्चबिन्दुमा पुग्दा कोभिड वार्डका ५० भन्दा बढी वरिष्ठ स्वास्थ्यकर्मीहरु सङ्क्रमित हुँदासमेत सेवालाई प्रभावित हुन नदिएको डा. श्रेष्ठ बताउँछन् ।

एकतिहाइ स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा गैरकोभिडतर्फ उपचारमा खटिएका  स्वास्थ्यकर्मीलाई कोभिड वार्डमा खटाइएको डा. श्रेष्ठले बताए । कोभिडका बिरामीको संख्या बढ्दा नन्कोभिड तर्फ उपचार गराउनेको संख्या तुलनात्मक रुपमा कम थियो । त्यसैले कोभिड, गैरकोभिड बिरामीको उपचारमा रोलक्रमअनुसार स्वास्थ्यकर्मीलाई अस्पतालले खटाएको उनले बताए ।

सङ्क्रमण दर उच्चविन्दुमा पुग्दा सरकारले काठमाडौँबाट बाहिरिने र भित्रिनेले अनिवार्य रुपमा पीसीआर परीक्षण गर्नुपर्ने नियम बनायो । त्यसपछि पीसीआर परीक्षण गर्नेको सङ्ख्या ह्वात्तै बढ्यो । दिनमा तीन सय जनाको पीसीआर गर्दा कुनै बेला सय जनामा पनि कोरोना सङ्क्रमण पुष्टि हुन्थ्यो । त्यसको स्वाभाविक परिणाम अस्पतालमा चाप बढेर आयो ।

विपत‍् व्यवस्थापन योजनाबाट धेरै सिक्न पायौँ

महामारी व्यवस्थापन तथा उपचारमा खटिने क्रममा नितान्त नयाँ अनुभवहरु बटुल्ने अवसर पाएको उनले सुनाए । विपत‍् व्यवस्थापनको विषयमा धेरै   ठाउँमा ठोक्किँदै, लड्दै सिक्दै अगाडि बढेको उनको भनाइ थियो । आगामी दिनमा आउन सक्ने प्राकृतिक विपत‍् तथा महामारीमा बिरामीको व्यवस्थापन र उपचारलाई हालको विपत‍् व्यवस्थापन समितिले बनाएको योजनालाई निरन्तरता दिँदै कमीकमजोरीलाई सुधार्दै अगाडि बढ्ने उनले बताए ।

महामारीसँग लड्न तयार अवस्थामा बस्नुपर्छ

महामारी तथा विपत‍्हरुसँग जुध्नका लागि सरकार सधैं पूर्वतयारी अवस्थामा रहनुपर्ने श्रेष्ठको कथन छ । महामारीसँग लड्नका लागि गरिने पूर्व तयारीलाई बेफ्वाँकमा गरिएको खर्च मान्न नहुने उनी बताउँछन् । आफ्ना कुरालाई प्रष्ट पार्न उनी क्यानडाको उदाहारण दिन्छन् । उनका अनुसार, क्यानडामा २५ वर्षअघि टोर्नाडो (विनाशकारी समुद्री आँधी) आयो । त्यसयता क्यानडा सरकारले टोर्नाडोसँग जुध्न २५ वर्षदेखि एउटा समूहलाई तयार पारेर राखेको छ ।  त्यो समूहलाई सक्रिय बनाउन निरन्तर तालिम पनि दिँदै आउने गरेको छ । त्यसयता क्यानडामा हालसम्म एउटा पनि त्यस किसिमको विनाशकारी टोर्नाडो आएको छैन । तर सरकारले त्यो पूर्व तयारीको लागि खडा गरिएको समूहमा निरन्तर लगानी गरिरहेको छ । क्यानडा सरकारले विपत‍् व्यवस्थापन समूहलाई निरन्तर गरिरहेको आर्थिक लगानीले भविष्यमा आउन सक्ने विपत्तीलाई टार्न वा कम गर्न सक्ने उनी बताउँछन् ।   

डा. श्रेष्ठको भनाइमा नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विपत‍् व्यवस्थापनसम्बन्धी दीर्घकालीन योजना बनाउनुपर्छ । कोरोनाको महामारीले उग्ररुप लिनुभन्दा अगावै त्यस किसिमको पूर्वतयारी गरिएको हुन्थ्यो भने हाल कोरोनाको उपचार, पहिचान र नियन्त्रणमा भोगिएको जस्तो सास्ती सरकार र जनताले खेप्नु पर्ने थिएन भनी उनी बताउँछन् ।

‘सरकारी तथा निजी अस्पतालहरू पनि भावी दिनमा आउन सक्ने विपत‍् तथा महामारीसँग जुध्न क्षमताअनुसार तयार भएर बस्नुपर्ने’ सुझाव दिँदै डा. श्रेष्ठ भन्छन्, ‘त्यसो गरिएको खण्डमा भविष्यमा आइलाग्ने भवितव्यहरुबाट आर्थिक तथा मानवीय क्षति कम गराउन सकिन्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.