शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जोखिम भत्ता नपाउँदा वीर अस्पतालका चिकित्सक आन्दोलित

शुक्रबार, १६ माघ २०७७, १० : ५०
शुक्रबार, १६ माघ २०७७

 
काठमाडौँ । जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । वीर अस्पतालमा कोरोना भाइरस कोभिड—१९ संक्रमितको उपचारमा खटाएका २०० जना आवासीय चिकित्सकहरूले बिहीबार आन्दोलन गरेका हुन् ।

आवासीय चिकित्सकहरु आकस्मिकबाहेकका अन्य सेवामा सरिक नभइ अस्पताल परिसरमा धर्ना दिएका छन् । संक्रमितहरूको उपचारमा खटिएका आवासीय चिकित्सकलाई कोभिड—१९ जोखिम भत्ता नदिएपछि आन्दोलित भएका हुन् । 

अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारी कोभिड बिरामीको उपचारमा संलग्न भएपनि जोखिम भत्ता दिन नसकेको वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीले बताए । अस्पतालसँग बजेट नभएकाले सबैलाई जोखिम भत्ता दिन नसकिएको उनको भनाइ छ । यसअघि अस्पतालले स्वास्थ्यकर्मीहरूलाई बजेटको अभाव देखाउँदै एक महिनाको मात्रै जोखिम भत्ता दिएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप