बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विकासको समीक्षा गर्ने समयमा आन्दोलनमा उर्तिन बाध्य भयौं : नेतृ ओली

बिहीबार, १५ माघ २०७७, २१ : ४२
बिहीबार, १५ माघ २०७७

पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्व सांसद सीता गिरी ओलीले विकास निर्माणको समिक्षा गर्नुपर्ने समयमा आफुहरु बाध्य भएर आन्दोलनमा उत्र्रिनु परेको बताएकी छिन् । नेकपा माछापुच्छ«े गाउँपालिका ७ धम्पुसले आयोजाना गरेको प्रतिगमन विरुद्ध बृहत विरोधसभा सर्घष अभिमुखिकरण कार्यक्रममा सम्वोधन गर्र्दै केन्द्रीय सदस्य ओलीले सो कुरा बताएकी हुन् ।

निकै भावुक हुँदै नेतृ ओलीले ५ वर्षसम्म जनतासँग आफुहरुले अमूल्य मत मागे पनि दुई इतिहाईको नेकपा सरकारको आन्तरिक कारण देशमा अस्थिरता निम्तिएको बताइन् । उनले ७० वर्षदेखि नेपाली जनताले लडेर प्राप्त गरेको संविधान नै धरापमा भएकोले त्यसको रक्षाको लागि फेरि जनताले प्रतिगमन विरुद्ध आन्दोलनमा साथ दिनु पर्ने बताइन् ।

‘पार्टीको केन्द्रीय समितिको बैठकमा मलाई बोल्न पनि दिएन, नेपाली गाँउले जनताले पाएको दुःखको मुद्दा उठान खोज्दा बैठकमै बोल्न दिएन,’ उनले भनिन् ‘प्रधानमन्त्री ओलीले नेपाल र नेपाली जनतालाई अध्ययारो खाडलमा हाल्ने कदम चालेका छन् ।’ 

संविधानमा नै नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले उखान टुक्का हाल्दै हिड्ने गरेको उनले टिप्पणी गरिन् । नेकपा गण्डकी कमिटि सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले नेकपाको पार्टी विवादको बिषयलाई लियर आम सर्वसाधरण जनतालाई आफ्नो पक्षमा पार्न बजेट दुरुपयोग नगर्न चेतावनी दिए ।
 
केही स्थानिय तहमा विभिन्न कार्यक्रम र बजेट पारिदिने आश्वासन दिएर केही समूहले राज्यको सम्पत्तिको दुरुपयोग गर्न थालेको बताउँदै बरालले राज्यको सम्पत्ति कसैले दुरुपयोग गरेमा उनीहरुसँग राम्रै हिसाव किताव गर्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले मदन भण्डारीको हत्यारा पक्ता लगाउन हालसम्म कुनै प्रकृया अघि नबढाएको बताए । सांसद बरालले प्रधानमन्त्री ओलीलाई कुन कुन बिषयमा पार्टीले काम गर्न नदिएको हो, त्यसको विवरण पेश गर्न चुनौती दिए । 

जनताको रगत र पसिनाले ७० वर्षको अथक प्रयासले ल्याएको संविधानको मुटुमा प्रधानमन्त्री ओलीले छुरा रोप्ने काम गरेको उनले आरोप लगाए । नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले भ्रष्टचार, वलत्कार, महङगी बढेको दाबी गरे । प्रधानमन्त्री ओलीले करिब १ हजार ५ सय केन्द्रीय सदस्य बनाएकालाई निर्वाचन आयोगको निर्णयले लज्जित बनाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप