बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिफ्टिङ गरेर स्वर्गद्वारीमा खानेपानी पुर्‍याउने खानेपानी मन्त्रालयको निर्णय

बिहीबार, १५ माघ २०७७, २१ : २८
बिहीबार, १५ माघ २०७७

काठमाडौं । खानेपानी मन्त्रालयले प्युठानको प्रसिद्ध धार्मिकस्थल स्वर्गद्धारीमा रहेको खानेपानीको समस्या समाधानका लागि माडी नदीको पानी लिफ्टीङ गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बिहिबार त्यस्तो निर्णय गरेको हो । त्यसअघि स्वर्गद्धारीमा रहेको खानेपानी समस्या समाधानसम्वन्धमा खानेपानी मन्त्री मणि थापा, मन्त्रालयका सचिव माधव वेलवासे, विभाग र आयोजनाका प्रमुखहरुसहितको टोलीले स्वर्गद्धारीमा पुगेर छलफल गरेका थिए ।

स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधी, स्वर्गद्धारी आश्रमका प्रतिनिधीहरुसँगको छलफलपछि मन्त्री थापाले लिफ्टिङ गरेर स्वर्गद्धारीमा खानेपानी पुर्‍याउने  निर्णय गरेका हुन् ।

मन्त्रालयले स्वर्गद्धारीको खानेपानी समस्या समाधानका लागि यही वर्ष डिपिआर सक्ने समेत निर्णय गरेको छ । मन्त्री थापाले आगामी आर्थिक वर्ष नै बजेटको व्यवस्था गरि स्वर्गद्धारीमा रहेको खानेपानी समस्यालाई सधैँको लागि समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

स्वर्गद्धारीमा दैनिक तीन सयको हाराहारीमा धार्मिक पर्यटक पुग्नेगर्छन् । स्वर्गद्धारी आश्रममा करिब चार सय परिवारको बसोबास छ । स्वर्गद्धारी आश्रमले त्यहाँ ४ सय ६० वटा भन्दा बढी गाई पाल्दै आएको छ ।

पानीको अभावले मन्दीरको सरसफाईमा समेत समस्या पर्दै आएको थियो । यस्तै भत्तजनलाई खानेपानीको समस्या, त्यहाँ पालिएका गाईलाई समेत खानेपानीको अभाव हुँदै आएको थियो । 

यहीँ समस्या समाधानका लागि मन्त्री थापाले मन्त्रीस्तरिय निर्णयबाट माडी नदीको पानी लिफ्ट गरेर स्वर्गद्धारीको खानेपानी समस्या समाधान गर्ने निर्णय गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप