शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज २८ हजार ७३२ जनाले लगाए कोरोना विरुद्धको खोप

बिहीबार, १५ माघ २०७७, १९ : ४२
बिहीबार, १५ माघ २०७७

काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप अभियानको  दोस्रो दिन बिहिबार अर्थात आज  २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् । ७७ जिल्लामा २८ हजार ७ सय ३२ कोरोना भाइरसविरुद्धको खोपको पहिलो खुराक(डोज)लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

भारत सरकारले अनुदानमा कोरोनाविरुद्धको खोप स्वास्थ्य मन्त्रालयले पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिहरूलाई दिइरहेको छ । खोप अभियानको दोस्रो दिनआज सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ४ सय ६१ जनाले लगाएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा१ हजार ६ सय ७७ जनाले लगाएका छन् ।

प्रदेश १ मा ३ हजार ८सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ हजार १ सय २७ जनाले खोप लगाएका हुन् । कोरोनाभाइरस विरुद्धको खोप अभियानको पहिलो दिन हिजो ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेसन्स तथा शव वाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरू वृद्धाआश्रममा रहेका व्यक्ति, हेरचाह तथा व्यवस्थापनमा खटिने कर्मचारीहरू जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीहरू रहेका छन् । हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप