ad
केन्द्रीय संस्करण

नबिल बैंकले साना उद्यमीहरुलाई सहयोग गर्ने भयो नेपाल महिला उद्यमी महासंघसँग सम्झौता

person explore access_timeमाघ १५, २०७७ chat_bubble_outline0

काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघ बीच एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पुरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम कर्जा प्रदान गर्ने सम्झौता भएको छ । 

यस रणनीतिक साझेदारीमा कोभिड १९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पुरा गर्न मद्दत पु¥याउनेछ । यसका साथै ती उद्यमीहरुले महिला उद्यमी महासंघबाट वित्तीय सल्लाह र विकास सहयोग पाउने छन् । यस साझेदारअन्तर्गत नबिल बैंकले वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको छ ।

नबिल बैंक एस.एम.ई.का प्रमुख निरज कुमार बस्नेत (डनिल) र महिला उद्यमी महासंघका अध्यक्ष रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

साझेदारीको बारेमा बोल्दै बस्नेतले भने, “नबिल बैंकले महिला सशक्तिकरणलाई अत्यधिक प्रोत्साहित गर्दछ र महिला उद्यमीलाई दिगो उत्पादनमा बृद्धि र रोजगारी सिर्जनाका लागि आवश्यक सीप विकास गर्न सजिलै वित्तीय पह“ुच प्रदान गर्दै महिलालाई सहयोग पुर्याउने कार्यमा अगाडि बढेको छ । हामीले महिला उद्यमी महासंघको सहकार्यमा विभिन्न प्रकारका बैंकिङ्ग सुविधा तथा ऋणकर्जाहरू प्रदान गर्ने उद्देश्य राखेका छौ ।”

त्यस्तै महिला उद्यमी महासंघकी अध्यक्ष रीता सिम्हाले महिलाको पूर्ण सहभागिता बिना शान्ति, समृद्धि, प्रगति हुन नसक्ने भन्दै महिला उद्यमीलाई वित्तीय पहु“चका माध्यमबाट सहयोग गरेकोमा नबिल बैंकलाई धन्यवाद दिइन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.