
छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

जनकपुर । छोरीलाई करणी गरेको अभियोगमा जनकपुरबाट एक जना पक्राउ परेका छन् । छोरीलाई जर्वस्जती करणी गरेको अभियोगमा पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित जबमुडाँडामा बस्दै आएका ४५ वर्षीय भोला यादव रहेको धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । आरोपित भोला यादव छोरीको सौतेला बुवा हुन् ।
मंगलबार आरोपित यादवले छोरीकी आमालाई फोन गरी कोठामा गएर छोरीको हालत देखिस् भनेर भनेपछि कोठामा गएर हेर्दा आफ्नो छोरीको घाउचोट लागेको र अचेत अवस्थामा फेला परेको भनेर बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंमा निवेदन दिएकी थिइन् ।
युवतीकी आमाले भोला यादवले छोरीलाई जबर्जस्ती करणी पश्चात कुटपिट गरी घाइते बनाई भागेको हुँदा पक्राउ गरि कानून बमोजिम कारवाही गर्न महानगरीय प्रहरी वृतमा उजुरी दिएकी थिइन् ।
वृतको पत्र अनुसार खोजतलास गर्दा आज प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट नियन्त्रण लिई महानगरीय प्रहरी वृत बौद्ध काठमाडाँै पठाइएको प्रवक्ता मिश्रले बताए ।
हाल राष्ट्रिय ट्रामा सेन्टर काठमाडौँमा युवतीको उपचार भइरहेको जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ