वैदेशिक रोजगरीमा पठाउने भन्दै ठगी गरेको आरोपमा पोखरामा युवक पक्राउ
पोखरा । वैदेशिक रोजगारिका लागि पठाउने भन्दै ठुलो रकम ठगी गरेको आरोपमा पोखराबाट एक युवालाइ प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारिका लागि क्यानडा पठाउने भन्दै ३३ जना व्यक्तिबाट मोटोरकम उठाएर ठगी गरेको उजुरीका आधारमा प्रहरीले युवालाइए पक्राउ गरेको हो ।
ठगी गर्ने नियतले क्यानडा पठाइदिने भन्दै रकम उठाएको जाहेरीको आधारमा पर्वत मोदी गाउँपालिका घर भई पोखरा ३० शिसुवा बस्ने धिरज कुमार विश्वकर्मालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
विश्वकर्माले आफू विगत लामो समयदेखी विदेश बसेको र युरोप,क्यानडा लगायतका देशमा रोजगारीका लागि धेरैलाई पठाइसकेको भन्दै ९० लाख ७१ हजार उठाएर ठगी गरेको उजुरी परेको डिएसपी हमालले बताए ।
विश्वकर्माले पीडित व्यक्तिलाई विभिन्न सहकारी र बैङ्कहरूको चेक समेत दिएको उनले बताए ।
ठगी आरोपमा पक्राउ परेका विश्वकर्मालाई मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने