युट्युबरको एक हुलले वैदेशिक रोजगार विभागका महानिर्देशकलाई घेरेपछि... (भिडियो सहित)
काठमाडौं । बिहीबार दिउँसो साढे ३ बजे वैदेशिक रोजगार विभागको कार्यकक्षमा एउटा हुल प्रवेश गर्यो । महानिर्देशक कुमार दाहालको कार्यकक्षमा क्यामेरा बोकेका करिब डेढ दर्जन युट्युबर प्रवेश गरेका थिए । आफूलाई सामाजिक अभियन्ता बताउने हेमराज थापाको नेतृत्वमा सो हुल विभागमा प्रवेश गरेको थियो । थापा बाहेक अरुले चाहिँ आफूलाई पत्रकार भन्ने परिचय दिइरहेका थिए ।
सुरुमा थापाले आफूलाई वैदेशिक रोजगारीमा गएकाहरु गुनासो गर्दै आफूकहाँ आएको भन्दै विभाग के हेरेर बसेको छ भनेर प्रश्न गरे । उनले पीडित को हो त्यसबारे विभागलाई स–प्रमाण जानकारी दिए, आफू कसैलाई पनि कारबाही गर्नबाट पछि नपर्ने बताए । तर, क्यामेरा बोकेकाहरुले विभागमा आएर केही काम नगरेको भन्दै महानिर्देशक दाहाललाई कुर्सीबाट थुतेर फाल्ने चेतावनी दिए ।
युटुवरहरुले आफूसँग वैदेशिक रोजगारीमा ठगिएका पीडित र एक–एक प्रमाण आफूहरुसँग रहेको बताएका थिए । तर हुलमै सहभागी एक जनाले आफू वैदेशिक रोजगारीबाट ठगिएको पीडित बताए पनि आफूसँग म्यानपावर व्यवसायीलाई पैसा दिएको कुनै प्रमाण नभएको उनले बताएका थिए ।
युट्युबरको हुल प्रवेश गर्नुभन्दा केही समयअघि मात्रै रातोपाटीसँगको अन्तवार्ता सकेका दाहाल आफैं भने वैदेशिक रोजगारीको क्षेत्र व्यवसाय नभएर तस्करी जस्तो भएको गुनासो गरिरहेका थिए । विभागले कारबाही गरेको एसओएस म्यानपावरलाई श्रममन्त्री गौरीशंकर चौधरीको ठाडो आदेशमा कारबाही फुकुवा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै