बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यक्रममा खादा र फूल दिने काम बन्द गरौं : डा. कोइराला

बिहीबार, १५ माघ २०७७, १८ : १५
बिहीबार, १५ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले कोरोना जोखिम कायम रहेकाले खादा र फूल दिने कार्य बन्द गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्। कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउन उनले आग्रह गरेका छन् । नेताको स्वागतस्वरुप माला, खादा लगाइदिने र फूल दिने कार्य बन्द उनको आग्रह छ।

कोभिड १९ को उच्च जोखिम यथावत रहेकाले सतर्कता अपनाउन उनले अनुरोध गरेका हुन्। 'हामी अझै पनि कोभिडको उच्च जोखिममा छौं। जोखिमकै बीचमा पार्टीका गतिविधि तथा कार्यक्रमहरू गर्नुपर्ने अवस्था छ,' कोइरालाले भने, 'कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउँन तथा स्वागतस्वरुप माला एवं खादा लगाईदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु।'


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप