शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी समकक्षीलाई बधाई

बिहीबार, १५ माघ २०७७, १७ : ३८
बिहीबार, १५ माघ २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त हुनुभएकामा  बधाई ज्ञापन गरेका छन् । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई आज  बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालको सामाजिक–आर्थिक विकासका निम्ति अमेरिकाले गरेको सहयोगको सराहना गर्दै उनले सन्देशमा बहुपक्षीयतासहितको नयाँ अमेरिकी नीतिमा दिइएको उच्च महत्वले पारस्परिक सहयोगको मार्गलाई थप विस्तार गर्ने बताएका छन् । कोभिड–१९ को महामारीका सन्दर्भमा विश्व स्वास्थ्य, जलवायु परिवर्तनका प्रभाव घटाउनेलगायत साझा हितका विषयमा अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपाल सरकारको प्रतिबद्धता मन्त्री ज्ञवालीले सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले विकास साझेदारी, आर्थिक सहकार्य र दुई देशका जनताबीचको सम्बन्ध अभिवृद्धिका निम्ति पनि सन्देशमा जोड दिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप