शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशसँग लिखित जवाफ माग

बिहीबार, १५ माघ २०७७, १६ : ४४
बिहीबार, १५ माघ २०७७

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशसँग सात दिनभित्र लिखित जवाफ माग गरेको छ । अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर भएको हो । चार पूर्व प्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्तिले न्यायापालिकाको गरिमा घटाउने र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने रिट निवेदकको जिकिर छ ।

रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप