शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंकको विशेष साधारण सभाले पारित गर्यो तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव

बिहीबार, १५ माघ २०७७, १६ : १२
बिहीबार, १५ माघ २०७७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

यस विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९६ कित्ता सेयर (१ः०.९६) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ । 

यसैबीच, नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको वार्षिक साधारण सभाले समेत तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई सिटिजन्स बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकको विशेष÷वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंकलाई तिनाउ मिसन डेभलपमेण्ट बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको हो । 

२०७७ साल माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी  ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप