मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जापानले हस्तान्तरण गर्‍यो विपी राजमार्ग

बिहीबार, १५ माघ २०७७, १५ : ४०
बिहीबार, १५ माघ २०७७

काठमाण्डौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । विहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो । 

पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पूरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषी क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको उनले बताए ।

मन्त्री नेम्वाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे । उनले भने– ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेरो व्यक्तिगत तर्फबाट जापानको यो साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु ।’ उनले नेपालको विकास र समृद्धिको चाहाना परिपूर्ति गर्न नेपालका लागि जापानी राजदूत सामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गरेका थिए ।

त्यस्तै जापनीज राजदूतमा सामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ सँधै निरन्तर रहने बताए । राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो । 

विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानी निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो । पुनर्निर्माणमा गिट्टी, बालुवाबाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप