प्रधानमन्त्री कपः आर्मीद्वारा वाग्मतीलाई २३० रनको लक्ष्य
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई २३० रनको विजय लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ६५ रनको योगदान दिए ।
त्यसैगरी भीम सार्कीले ४० रन जोड्दा विक्रम सोबले ३५ रन बनाए । लोकेश बमले २३, सुशन भारीले १६ तथा कप्तान विनोद भण्डारीले १० रन जोडे । यता वाग्मतीका गौतम केसी एक्लैले पाँच विकेट लिए । आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन् । यस खेलको विजेताले फाइनलमा एपिएफसँग भिड्नेछ । यसअघि भएको खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ