बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली फिल्मको इतिहास ५० वर्ष मान्न मिल्दैन: दीपकराज गिरी

बिहीबार, १५ माघ २०७७, १३ : ५२
बिहीबार, १५ माघ २०७७

काठमाडौंँ । कलाकार दीपकराज गिरीले नेपाली फिल्मको इतिहास ५० वर्ष मान्न नहुने बताएका छन् । प्रजातन्त्रको पुनर्स्थापना पछि नै नेपाली फिल्मको उत्थान भएको धारणा राखेका गिरीले फिल्म क्षेत्रले भर्खर ३० वर्ष पार गरेको बताए । ‘एकाध बनेका फिल्मलाई गनेर यो क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने’ उनको तर्क रहेको थियो । गिरीले कार्यक्रममा फिल्ममा साहित्यको विषयमा पनि आफ्नो धारणा रोखको थिए ।

घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाले  आयोजना गरेको ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ बारे छलफल चलेको थियो । कार्यक्रममा कलाकार निर्माता दीपकराज गिरी, फिल्म निर्देशक सुदर्शन थापा, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई, कलाकार निर्देशक दीनेश डिसीलगायत सहभागी रहेका थिए ।

सोही अवसरमा निर्देशक सुदर्शन थापाले कोभिडले सम्पूर्ण क्षेत्रलाई असर गरेको बताउँदै फिल्म र पर्यटन दुबै क्षेत्रमा भने धेरै असर गरेको बताए । आफू १२ वर्षअघि ‘मेरो एउटा साथी छ’ फिल्म सुटिङका लागि नयाँ पुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले फिल्मले पर्यटनलाई सहयोग गर्ने तर्क राखेका थिए ।

कार्यक्रममा दिनेश डिसीले साहित्यिक कृतिमाथि बनेका फिल्महरुको समीक्षा अनुभवबारे प्रश्न गरेका थिए । चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले लामो समयको बन्दाबन्दी पश्चात खुलेको पर्यटन र फिल्म क्षेत्रको प्रचार प्रसारका लागि आफुहरुले कार्यक्रम आयोजना गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप