शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डब्यूएचओले भन्यो, ‘बेलायतमा भेटिएको नयाँ काभिड–१९ भेरियन्ट ७० देशमा फैलिसक्यो’

बिहीबार, १५ माघ २०७७, १० : ३४
बिहीबार, १५ माघ २०७७

संसारभरी कोरोना संक्रमितको आँकडा १०.१४ करोड पार भइसकेको छ । ७ करोड ३२ लाखभन्दा बढी निको भइसकेका छन् । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म २१ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

अघिल्लो महिना कोभिड–१९ को नयाँ भेरियन्ट पाइएको थियो । अब डब्ल्यूएचओले यो विषयमा नयाँ चेतावनी जारी गरेको छ । संगठनका अनुसार यो भेरियन्ट ७० वटा देशमा फैलिसकेको छ । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या पुनः बढ्ने क्रममा छ । 

विश्व स्वास्थ्य संगठनले भन्यो – बढी सतर्क रहनुहोस्

विश्व स्वास्थ्य संगठनले अघिल्लो महिना बेलायतमा भेटिएको कोभिड–१९ को नयाँ भेरियन्टलाई थप खतरनाक बताएको छ । संगठनका अनुसार बेलायतमा पाइएको भेरियन्ट हालसम्म ७० देशमा फैलिसकेको छ । यो भाइरस बढी घातक छ किनभने यो पुरानो भाइरसको तुलनामा तीब्र गतिमा फैलन्छ । डब्ल्यूएचओले यसबारे आफ्नो साप्ताहिक रिपोर्ट पनि जारी गरेको छ । संगठनले यो नयाँ भेरियन्टको नाम B.1.1.7 या VOC 202012/01 राखेको छ । राहतको कुरा के छ भने बेलायत, डेनमार्क, आयरल्याण्ड र नेदरल्याण्डमा यो नयाँ भेरियन्टका संक्रमित तीब्र रुपमा कम भएका छन् । 

बेलायतका पाइएको भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको भेरियन्टभन्दा भिन्न छ । डब्ल्यूएचओका अनुसार दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट त्यति तीब्र गतिमा फैलिँदैन । दक्षिण अफ्रिकामा पाइएको भेरियन्ट ३१ देशसम्म पुगिसकेको छ । 

१५ प्रतिशत कम भए संक्रमितः

डब्ल्यूएचओले आफ्नो साप्ताहिक रिपोर्टमा अघिल्लो हप्ताको तुलनामा संक्रमितको संख्यामा १५ प्रतिशतको कमी आएको बताएको छ । संगठनका अनुसार महामारी सुरु भएपछि एक हप्तामा दर्ता गरिएको यो सबैभन्दा कम दर हो । अघिल्लो हप्ता संसारभरी कूल ४१ लाखमा संक्रमण देखिएको संगठनले जानकारी दिएको छ । रिपोर्टका अनुसार संसारभरी पछिल्लो हप्ता भएको कूल मृत्युदरमा अमेरिकामा मात्रै ४७ प्रतिशत छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप