बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ताइवानका एक व्यक्तिले ३ दिनमा ७ पटक होम क्वारेन्टिन नियम तोडे, ४१ लाख जरिवाना

बिहीबार, १५ माघ २०७७, ०८ : ५६
बिहीबार, १५ माघ २०७७

ताइवानका एक व्यक्तिलाई व्यापार यात्राबाट फर्किपसछ होम क्वारेन्टिनमा बस्न भनियो । यी व्यक्ति चीनबाट फर्किएका थिए । होम क्वारेन्टिनको क्रममा उनी तीन दिनमा ७ बाट घरबाट बाहिर घुम्न निस्किए । यसैकारण उनीमाथि १० लाख ताइवान डलर (४१ लाख ५९ हजार रुपैयाँ) जरिवाना तोकिएको छ । 

स्थानीय मिडियाका अनुसार सेन्ट्रल ताइवानको ताइचुंगमा बस्ने यी व्यक्तिको पहिचान उजागर गरिएको छैन । उनी किनमेल गर्न र आफ्नो कार बनाउनका लागि सात पटक बाहिर निस्किएका थिए । यो कुरामा उनको छिमेकीसँग विवाद भएपछि घटना सार्वजनिक भएको हो । 

ताइवानमा नियन्त्रणमा छ कोरोनाः

ताइचुंग लोकल गभर्नमेन्टका अनुसार यी व्यक्ति २१ जनवरीमा चीनबाट फर्किएका थिए । ताइवानको नियम अनुसार उनी १४ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्दथ्यो । ताइचुंगका मेयर लस् शियो येनले उनको व्यवहारलाई गम्भीर अपराध बताउँदै उनलाई कडा सजायँ दिनुपर्ने बताए । 

कोरोनामाथि नियन्त्रण पाउने विषयमा ताइवान संसारका लागि उदाहरण बनेको छ । यो स्वशासित द्वीपले आफ्नो सीमालाई समय हुँदा नै बन्द गरिदिएको थियो । अत्यधिक मात्रामा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेर क्वारेन्टिनलाई कडा रुपमा लागू गरियो । जोन होपकिन्स युनिभर्सिटीका अनुसार कडा कदमका कारण २ करोड ३० लाख जनसंख्या भएको यो द्वीपमा कोरोनाका हालसम्म ८९३ संक्रमित भेटिएका छन् भने ८ जनाको मृत्यु भएको छ । 

फिलिपिन्सका कामदार ८ सेकेन्डका लागि बाहिर निस्कँदा लगाइयो ३५ सय डलर जरिवाना

डिसेम्बर २०२० मा फिलिपिन्सका एक आप्रवासी कामदारमाथि ३५ सय डलर (४ लाख रुपैयाँ) जरिवाना लगाइएको थियो । उनी ८ सेकेन्डका लागि मात्रै क्वारेन्टिनबाट बाहिर निस्किएका थिए । उनलाई सरकारले तोकेको होटलमा क्वारेन्टिन गरिएको थियो । यतिबेला उनी सीसीटिभी फुटेजमा करिडोरमा देखिएका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप