शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ती प्रधानाध्यापक आमाबुवा जसले आफ्नी छोरीहरुलाई त्रिशुल घोपेर मारिदिए

बिहीबार, १५ माघ २०७७, ०६ : ४१
बिहीबार, १५ माघ २०७७

भारतको आन्ध्र प्रदेशको चित्तूर जिल्लामा शिक्षक पुरुषोत्तम नायक र उनकी श्रीमतीले कथित रुपमा अन्धविश्वासको शिकार भएर आफ्ना दुई युवा छोरीहरुको हत्या गरिदिएका छन् । चित्तूर जिल्लाकी मदनपल्ली प्रहरीले आमाबुवालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिदिएको छ । 

यो मामिलामा मृत युवती साई दिव्याको सोसल मिडिया पोस्टलाई महत्वपूर्ण प्रमाणको रुपमा हेरिएको  छ ।

साई दिव्याले आफ्नो मृत्युभन्दा तीन दिनअघि सोसल मिडियामा लेखेकी थिइन्, ‘शिव आएका छन्, काम पूरा भयो ।’

यो पोस्टले प्रहरीलाई सतर्क बनाइदिएको छ । सुरुवाती अनुसन्धानमा पत्ता लागे अनुसार एक हप्ता अघिदेखि साई दिव्याको व्यवहार निकै अचम्मको थियो । 

यसका साथै हालै केही बाहिरका मानिसहरु यो घरमा आएको प्रहरीले जानकारी पाएको छ । यो विषयमा सिसिटिभी फुटेज हासिल गरिएको छ र फुटेजमा देखिएका सबैसँग सोधपुछ गर्ने कोसिस गरिँदैछ । 

के हो मामिला ?

चित्तूर जिल्लाको ग्रामिण इलाका मदनपल्लीमा बस्ने पुरुषोत्तम नायडु सरकारी महिला डिग्री  कलेजमा उप–प्रधानाध्यापक हुन् । 

यस्तै, उनकी श्रीमती पद्मजा पनि प्रधानाध्यापकको रुपमा काम गर्छिन् र एक नीजि शिक्षण संस्थाकी कर्मचारी हुन् । 

उनीहरुका २७ र २२ वर्षका दुई छोरीहरु थिए जसको नाम अलेख्या र साई दिव्या थियो । 

जेठी छोरी अलेख्याले भोपालस्थित इन्डियन म्यानेजमेन्ट अफ इन्डियन फरेस्ट सर्भिसबाट स्नातकोत्तरको पढाई गरेकी थिइन् । 

कान्छी छारीले बीबीएको पढाई गरेकी थिइन् र एआर रहमान सङ्गीत एकेडेमीमा सङ्गीतको पढाई गरिरहेकी थिइन् । 

यो परिवार अघिल्लो वर्ष अगस्ट महिनामा आफ्नो घरमा सिफ्ट भएको थियो । स्थानीय मानिसहरुलाई विश्वास गर्ने हो भने पुरुषोत्तम र पद्मजाको परिवार विभिन्न प्रकारको पूजा पाठ गरिरहन्थे । 

यो मामिलामा दर्ता भएको एफआईआरका अनुसार परिवारले आइतबार राती पनि केही पूजा पाठ परेको थियो । त्यसपछि उनीहरुले आफ्नी कान्छी छोरी साई दिव्यालाई धारिलो त्रिशुल र जेठी छोरीलाई एक डम्बलले हत्या गरिदिए । 

यो जानकारी पिता स्वयंले आफूसँग काम गर्ने मानिसहरु र प्रहरीलाई दिए । 

जानकारी पाएपछि प्रहरी घटनास्थल पुग्दा दुबै छोरीको मृत्यु भइसकेको थियो । 

यीमध्ये कान्छी छोरीको शव पूजाघरमा र जेठी छोरीको शव पहिलो तलामा भेटिएको थियो । 

प्रहरीले आमा बुवा दुबैलाई हिरासतमा लिएर मुद्दा दर्ता गरेपछि अनुसन्धान सुरु गरेको छ । 

घरमा राखेर सोधपुछः

प्रहरीले सुरुवाती अनुसन्धानका लागि यो जोडीलाई घरमा नै राखेको छ । 

प्रहरीका अनुसार उनीहरुको मानसिक व्यवहार निकै अचम्म र भिन्न किसिमको छ । उनीहरुले प्रहरीलाई आफूमाथि दबाब नबनाउन बारम्बार चेतावनी दिइरहेको छ । 

यस्तोमा प्रहरीले निकै सावधानीपूर्वक अनुसन्धान गर्दै मनोवैज्ञानिकको मद्दत लिने कोसिस गरिरहेको छ । 

प्रहरीले अनुसन्धानका बेला नजिकका आफन्तलाई मात्रै घरमा आउन अनुमति दिएको छ ता कि संदिग्धलाई शान्त राख्न सकियोस् ।

प्रहरीका अनुसार यो जोडीको घरमा अचम्मका तस्बिर थिए जसमध्ये केही भगवानका तस्बिर थिए । 

दुबै छोरीहरुको पोस्टमार्टम भइरहेको छ ।

उपचारको आवश्यकताः

यो मामिलामा प्रहरीले संदिग्धहरुको मेडिकल जाँच गराउने योजना बनाएका छन् । 

मदनपल्लीका डिएसपी रवि मनोहरले भनेका छन्, ‘यो परिवारले आफूले आफैंलाई एक गहिरो दुनियाँमा प्रवेश गराएको छ जो अध्यात्म र धार्मिक आस्थाभन्दा निकै अगाडि छ । उनीहरुलाई लाग्छ कि अध्यात्मभन्दा पनि अगाडि केही छ । उनीहरुले अहिलेसम्म पनि भनिरहेका छन्, ‘हामीलाई एक दिनको समय दिनुहोस् । हाम्रा छोरीको जिउँदो हुनेछन् । उनीहरुलाई यहाँ नै राखियोस् ।’’

मनोहर भन्छन्, ‘उनीहरु निकै पढे लेखेका छन् । सुरुवाती अनुसन्धानमा पत्ता लागेको छ कि यी  छोरीहरुलाई डम्बलले हानिएको छ । आमा–बुवामध्ये एक मास्टर माइन्ड स्कूलमा प्रधानाध्यापक छिन्  उनीहरुले पछिल्ला केही दिनदेखि घरमा कसैलाई पनि आउन दिइरहेका थिएनन् । उनीहरुले कोभिड–१९ लकडाउनपछि आफ्ना घरेलु सहयोगीलाई पनि घरमा आउन अनुमति दिएका थिएनन् । हत्या हुँदा घरका परिवारको मात्रै उपस्थिती थियो ।’

मनोहरका अनुसार उनीहरुले पूजा पाठ गरेको प्रमाण भेटिएको छ तर पूरा कुरा थाहा पाउन समय लाग्नेछ किनभने यस्तो प्रकारको घटनाको अनुसन्धानमा समय लाग्छ । उनीहरु यो घटनाबाट बाहिर निस्किएलगत्तै अनुसन्धान सुरु गरिने प्रहरी अधिकारी मनोहरले जानकारी दिए । 

साई बाबालाई मान्थ्यो परिवारः

स्थानीयलाई विश्वास गर्ने हो भने यो परिवार मानसिक रुपमा निकै सन्तुलित देखिन्थ्यो । 

परिवारका एक नजिकका सदस्यले बीबीसी तेलुगुसँगको कुराकानीमा परिवार शिरडीका साई बाबालाई मान्ने गरेको जानकारी दिए । 

उनले भने, ‘यो निकै अचम्मित गरिदिने कुरा हो । उनीहरु यतिबेला रोइरहेका छन् र कसैसँग कुरा गर्ने स्थितीमा छैनन् ।’

सरकारी डिग्री कलेजमा ड्राइभर सुरेन्द्रले बीबीसीसँगको कुराकानीमा भने, ‘मलाई विश्वास लागिरहेको छैन कि पुरुषोत्तम नायडुले यस्तो गर्न सक्छन् । म उनलाई निकै राम्रोसँग चिन्दछु । उनी अनुशासनको अत्यधिक पालना गर्छन् । उनको कोहीसँग झगडा पनि भएको थिएन । मलाई लाग्छ कि यो मामिलामा कुनै आफन्तको हात छ । यसो गरेर कसैले उनीहरुको सम्पत्ति हात पार्न खोजेको जस्तो देखिन्छ । कसैले उनीहरुलाई वशमा पारेर यस्तो हिंस्रक काम गराएका हुन् । नभए यस्तो हुनु असम्भव नै थियो ।’

पुरुषोत्तमका छिमेकीको पनि यस्तै धारणा छ । एक व्यक्तिले नाम नबताउने शर्तमा भने, ‘कसैले उनलाई ट्रान्स स्टेटमा पुर्याएका छन् । मलाई लाग्छ यो निकै सोचेर गराइएको घटना हो । उनीहरुको व्यवहार निकै राम्रो थियो र मानिसहरुको मद्दत गर्न सधैं अग्रसर हुन्थे । उनीहरुले आफ्नै छोरीहरुको हत्या गरिदिए भन्ने कुराको विश्वास नै लागिरहेको छैन । उनीहरुलाई यस्तो गर्न बाध्य पार्ने मानिसहरुको हामीले पहिचान गर्नुपर्छ । उनीहरुलाई यस्तो गर्न कसले प्रेरित गर्यो भन्ने कुरा थाहा पाउन आवश्यक छ ।’

स्थानीयका  अनुसार पद्मजासँग पाँच करोडको सम्पत्ति छ त्यसैले सायद आफ्नैले यस्तो योजना बनाएको हुनसक्छ । 

प्रहरीका अनुसार साई दिव्याको पछिल्लो केही दिनदेखिको व्यवहार अचम्मको थियो र उनले छतबाट हाम फाल्ने चेतावनी पनि दिने गर्दथिन्, सायद यसैकारण उनीहरुले कुनै पूजा पाठ गरेर उनको व्यवहार ठिक पार्ने कोसिस गरेका होलान् । 

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप