शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट थप १७ सय २५ को मृत्यु

बुधबार, १४ माघ २०७७, २२ : ५५
बुधबार, १४ माघ २०७७

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका बितेको २४ घण्टाभित्र थप १७ सय २५ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख एक हजार ८८७ पुगेको छ । स्वास्थ्य विभागको तथ्याङ्कअनुसार एकसाताभित्र बेलायतमा ७ हजार ७६६ जनाको मृत्यु भएको छ । 

मंगलबार बेलायतमा मृत्यु हुनेको संख्या एक लाख नाघेको थियो । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ । यसैगरी पछिल्लो २४ घन्टामा २५ हजार ३०८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख १५ हजार ५४  पुगेको छ ।

पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै आएपनि अघिल्लो दिनको तुलनामा आज झन्डै पाँच हजार बढी संक्रमित थपिएका छन्  । संक्रमित संख्या बढेपछि बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या अत्यधिक रुपमा बढेको छ । हाल यहाँका अस्पतालमा ३७ हजार भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने झन्डै चार हजार  कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

७१ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

बेलायतमा बुधबारसम्म ७१ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । बेलायतमा हाल कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ । संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसँगै खोप अभियानलाई प्रथामिकताकासाथ् अघि बढाइएको छ  । पछिल्लो जानकारीअनुसार बेलायतमा हालसम्म  ७१ लाख ६४हजार ३८७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् ।

जसमध्ये चार लाख ७४ हजार १५६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले  जनाएको छ । । खोप वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले खोप वितरण केन्द्रको वृद्धि गरिएको छ । कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दुरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप