ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु
बुधबार, १४ माघ २०७७, २२ : २७
इलाम । इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य रहेका छन् । इलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन् । घाइते दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रक चालक पाँचथर हिलिहाङ–७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा