मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

टीकाको तेस्रो दिन काठमाडौंमा जे देखियो ((हेर्नुहोस् १४ तस्विर)

सोमबार, १६ असोज २०७४, १६ : २८
सोमबार, १६ असोज २०७४

काठमाडौं– हिन्दु नेपालीहरुको महान चाड बडादशैंको टीकाको तेस्रो दिन पनि दशैंको टीका थाप्ने जानेको दौडधुप कायमै छ ।

विजया दशमीको टीकापछि टाढा रहेका आफन्तकोमा पुग्न नसकेकाहरु कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने प्रचलन भएकाले टीका थाप्न जानेको दौडधुप अझै कामै छ । 

दशैंको टीकाको लागि घर फर्किएकाहरु आ–आफ्नो पेशा ब्यवसायका लागि राजधानी फर्किने क्रम भने सोमवार विहानसम्म पनि न्यून थियो ।

काठमाडौं बाहिर जाने प्रमुख केन्द्र कलंकीमा विहान पुग्दा काठमाडौं फर्किने भन्दा काठमाडौंबाट बाहिरिनेहरुकै ताँती बढि देखिन्थ्यो । यता टाटा सुमो लाग्ने बल्खु पुग्दा पनि काठमाडौं आउने भन्दा काठमाडौंबाट बाहिरिनेहरु नै बढी देखिए । 

हेर्नुहोस्, कलंकी, बल्खु लगायतका ठाउँबाट सहकर्मी बिजु महर्जनले सोमवार कैद गरेको तस्विरहरु । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप