बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘मास्टर’ २९ जनवरीमा रिलिज हुने

बुधबार, १४ माघ २०७७, १८ : २०
बुधबार, १४ माघ २०७७

मुम्बई । एक्सन थ्रिलर फिल्म ‘मास्टर’ को प्रिमियर मिति घोषणा भएको छ । अमेजन प्राइम भिडियोले प्रतिक्षित तमिल फिल्म ‘मास्टर’ २९ जनवरीमा रिलिज हुने सार्वजनिक गरेको हो । फिल्ममा थलपति विजय, विजय सेतुपतिकोको मुख्य भूमिका रहेको छ । दुई विजयको अलवा फिल्ममा मालविका मोहनन, एन्ड्रिया जेरेमिया, शान्तनु भाग्यराज, अर्जुन दास लगायतको  समेत अभिनय देख्न सकिन्छ ।

लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्म जेवियर ब्रिटोले निर्माण गरेका हुन् ।  एक्सनले भरिएको थ्रिलर फिल्म ‘मास्टर’ मा दुई सुपरस्टार विजयबीच द्धन्द्ध देख्न सकिनेछ । जसले दर्शकलाई फिल्मको पुरै अवधिभर बाँधेर राख्ने काम गर्ने निर्माण पक्षको दाबी रहेको छ । भारतको अलवा २४० देशबाट प्राइम मार्फत फिल्म हेर्न सकिनेछ । फिल्ममा आफुले एक जड्याहा कलेज प्रोफेसरको भूमिका निर्वाह गरेको थलपति विजयले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप