सुपर मादी हाइड्रोपावरको प्राथमिक सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
सुपर मादी हाइड्रोपावरले गण्डकी प्रदेश कास्की जिल्ला स्थित साविक नामाजुङ्ग र पार्चे गा.वि.स हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा निर्माणाधिन सुपर मादी जलविद्युत आयोजनामा (४४ मे.वा.) लगानी गर्न आफ्नो जारी पुँजी दुई अर्व १० करोड मात्र मध्ये ३१ करोड ५० लाख बराबरको रु. १०० अंकित दरको ३१,५०,००० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियवासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका अध्यक्ष पुष्प ज्योति ढुंगानाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो ।
कम्पनीको गण्डकी प्रदेश, कास्की जिल्लाको मादी गाउँपालिका (तत्कालिन नामाजुङ्ग र पार्चे गा.वि.स.) मा बहने मादी खोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ६५% सम्पन्न भएको छ भने आगामी २०७८ साल पौष महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
-
लक्ष्मी सनराइज बैंकको काठमाडौं उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण
-
अर्जेन्टिनामा ६० वर्षीय महिला बनिन् मिस ब्युनस आयर्स
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै