शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री ओली

बुधबार, १४ माघ २०७७, १८ : १४
बुधबार, १४ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिवासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन् । 

उनले प्रचण्ड–माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे । जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड–माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए ।

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफुहरुको भएको बताए । विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एकढिक्का बनाई अघि बढाउने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप