शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कतार एयरवेजलाई सर्वोच्च डायमण्ड दर्जा, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा अग्रणी

बुधबार, १४ माघ २०७७, १८ : १२
बुधबार, १४ माघ २०७७

दोहा– कतार एयरवेज सिम्प्लिफ्लाइङको अडिटअन्तर्गत एयरलाइन प्यासेन्जर एक्स्पिरियन्स असोसिएशन (एपेक्स) स्वास्थ्य सुरक्षामा डायमण्ड दर्जा हासिल गर्न सफल भएको छ । 

उक्त डायमण्ड अर्थात सर्वोच्च दर्जा कतार एयरवेजको कोभिड–१९ सुरक्षा मापदण्डको विस्तृत मुल्याङ्कन पश्चात एपेक्स तथा विश्वव्यापी उड्डयन मार्केटिङ परामर्शदाता सिम्प्लिफ्लाइङले एयरलाइनलाई प्रदान गरेको हो । 

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत सम्माननीय अक्बर अल बकरले एक अग्रणी एयरलाइनको रुपमा कोभिड–१९ सुरक्षा प्रतिको हाम्रो प्रतिबद्धतालाई एपेक्स जस्तो गरिमामय संस्थाले दिएको मान्यताले हर्षित भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप