दक्षिणकालीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
बुधबार, १४ माघ २०७७, १२ : ०३
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा मंगलबार राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति साढे ८ बजे थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।
ईलाका प्रहरी कार्यालय फर्पिङका अनुसार मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–४ बज्रबाराहीका ३१ वर्षीय मोहनलाल रुम्बा र परिचालक अछाम घर भई काठमाडौंको दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा छन् ।
ट्राफिक पोस्ट फर्पिङका प्रमुख प्रहरी नायव निरीक्षक ताराबहादुर चन्दका अनुसार ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित ट्रक सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता