बोल्ड लुक्सका कारण फेरि चर्चामा प्रियंका
मुम्बई । अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् । तस्बिर मार्फत अहिले उनका एकपछि अर्काे आकर्षक लुक्स बाहिर आइरहेका छन् ।
उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ । केही तस्बिरमा उनी विन्टेज लुक र केहीमा क्लीन बोल्ड लुक्समा देखिएकी छन् ।
एक तस्बिरमा उनी रातो कलरको ड्रेसमा समेत सजिएको देख्न सकिन्छ । अर्काे एक तस्बिरमा उनले अरेन्ज कलरको स्ट्र्रपी ड्रेसमा बोल्ड लुक्स समेत प्रस्तुत गरेकी छन् ।
केही फरकफरक तस्बिरमा प्रियंका निकै सुन्दर देखिएकी छन् । फ्यानले उनका तस्बिरहरु निकै मनपराएका छन् । प्रियंकाले यो तस्बिर सुट फेशन म्यागजिन म्यारी क्लेयरका लागि गराएकी हुन् । जसमा उनी स्प्रिंग २०२१ कलेक्सनका साथ देखिनेछिन् ।
कबरमा छाएको तस्बिरमा प्रियंका गुलाबी रंगको ड्रेसमा उनी निकै सुन्दर देखिएकी छन् ।
कामको कुरोगर्ने हो भने प्रियंकाको फिल्म ‘द ह्वाइट टाइगर’ हालै रिलिज भएको छ । फिल्ममा उनको साथमा राजकुमार राव र आदर्श गौरव पनि रहेका छन् ।
फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको थियो । फिल्म दर्शकले रुचाएका थिए । यसको अलवा उनले हालै हलिउड फिल्म ‘टेक्सट फर यु’की सुटिङ सकाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
-
कांग्रेस नेता खुमबहादुरको योगदान अतुलनीय छ : सभापति देउवा